काठमाडौँ- म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइ दिएको हो ।
सफाइ पाउनेमा राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान थापा, खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा रहेका छन् ।
खेल मिलेमतोमा पैसा लिएर खेलेको भन्दै प्रहरीले उनीहरुमाथि राज्यविरुद्ध अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी २०७२ साल कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सन् २००८ यता २२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेर पैसा लिएको आरोपमा उनीहरुमाथि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो ।
बेलायतमा मनायो मंगला बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा