लन्डन । बेलायत सरकारले युरोपेली बाहेकका विदेशी विद्यार्थीलाई घर पठाउन नयां योजना ल्याउने तयारी गरेको छ । गृहमन्त्री टेरेसा मेको प्रस्तावमा ग्रयाजुएट गरिसकेका विद्यार्थीलाई कोर्स सकिएपछि स्वदेश जान वाध्य पार्ने नीति ल्याउन लागिएको मेको भनाइ उधृत गर्दै दि सन्डे टाइम्स्ले जनाएको छ ।
यदि विद्यार्थीलाई बेलायतमै बस्न इच्छा छ भने ग्रयाजुएट गरिसकेपछि स्वदेश फर्केर पुनः वर्क भिसाका लागि निवेदन दिनुपर्ने नियम ल्याउने सरकारको योजना छ ।
भावी कन्जर्भेटिभ सरकारले विद्यार्थी भिसामा आउनेहरुलाई घर पठाएर शुन्यमा
झार्न चाहेको गृहमन्त्री मेको भनाइ उधृत गर्दै पत्रिकाले उल्लेख गरेको छ ।
प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो दल टोरी (कन्जरभेटिभ) ले मात्र अध्यागमनमा डिल गर्न सक्ने जिकिर गरे लगत्तै मेको योजना सार्वजनिक भएको हो । बेलायती अखवार डेली एक्सप्रेस्मा लेख प्रकाशित गर्दै प्रधानमन्त्री क्यामरुनले हाल प्रतिपक्षी लेवोर प्रशासनले सरकार नेतृत्व गर्दा आप्रवासी समस्या निम्त्याएको टिप्पणी गरेका थिए ।
गृहमन्त्री मे निकट श्रोतको हवाला दिंदै उक्त अखवारले कन्जरभेटिभ पार्टीको आगामी घोषणापत्रमै यस नीति ल्याउने योजना समावेश गर्न मेले दवाव दिइरहेकी छिन् भनेको छ । उनले कलेज वा विश्वविद्यालयलाई विद्यार्थी स्पोन्सर गर्दा अध्ययन सकिए लगत्तै फर्कने परिस्थिति सृजना गरिदिउन् भन्ने पनि चाहेकी छिन् । हाल विद्यार्थीले अध्ययन सकिए लगत्तै बेलायतबाटै सजिलै वर्क परमिटमा भिसा परिवर्तन गर्न सक्छन् ।
विद्यार्थीलाई आप्रवासी संख्याभित्र राखेर नियन्त्रण गर्ने सवालमा गृहमन्त्री मे र सरकारको अर्को सहयात्री दल लिव्डेम प्रतिनिधित्व गर्ने व्यापार मन्त्री भिन्स् केवलबीच मतभिन्नता छ । श्रोतका अनुसार, मन्त्री केवल थप कडा नियमको विपक्षमा छन् ।
सरकारको एउटा घटक लिव्डेमका एक वरिष्ठ नेताले भने गृहमन्त्री मेको योजनाले अर्थतन्त्रमात्र होइन, बेलायत उच्च दक्ष ग्रयाजुएट्सबाट समेत वञ्चित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]