लण्डन । बेलायतमा रहेर साहित्य सिर्जना गर्दै आएका स्रष्टा रक्ष राईलाई नुवाकोट साहित्य प्रतिष्ठान नेपालले यस वर्षको ‘युगान्तर वर्ष पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । राईलाई २०७४ ‘युगान्तर’मा प्रकाशित ‘आत्मभत्र्सना’ शीर्षक कथाका लागि उक्त पुरस्कार दिन लागिएको हो ।
प्रतिष्ठानको वार्षिक प्रकाशन ‘युगान्तर’मा प्रकाशित लेख–रचनामध्ये उत्कृष्ट एकलाई प्रदान गरिने पुरस्कारको राशी नगद पाँच हजार र ताम्रपत्र रहेको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले बताए ।
बेलायतको वेल्समा बस्दै आएका राईका ‘शहीदकी आमाको लास’, ‘बालुवामा नेपाल’ कथासङ्ग्रह, ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ कवितासङ्ग्रह र ‘डायास्पोरा सिद्धान्तः सिर्जना र समालोचना’ तथा ‘नवचेतनाग्रह’ नामक सैद्धान्तिक कृति प्रकाशित छन् । उनी ‘युद्धसौन्दर्य चिन्तन’ मा पनि काम गरिरहेका छन् ।
नुवाकोट साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको शनिबार बसेको बैठकले राईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यसै गरी प्रतिष्ठान नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिका निमित्त उल्लेखनीय योगदान पुरयाएबापत ‘महामण्डल राष्ट्रिय साहित्य सम्मान’बाट हिरण्यकुमारी पाठक (काठमाडौँ), नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ), गंगाप्रसाद अधिकारी (इलाम), ‘महाण्डल युवा साहित्य सम्मान’बाट कपिलदेव भट्टराई (मकवानपुर), देवकी अभिलाशी (दोलखा) र ‘कमलादेवी–जननिधि गजुरेल स्मृति साहित्य सम्मान’बाट दाङकी स्रष्टा भवानी न्यौपानेलाई सम्मानित गर्ने निर्णय गरिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार