लन्डन । खेलकुद विकास र कल्याणकारी कार्यमा क्रियाशिल बेलायतस्थित एउटा नेपाली संस्था सहारा यूके हयाम्पसायर एफए इक्वेलिटी च्याम्पियन अवार्ड प्राप्त गर्न सफल भएको छ ।
गत २ जुन शनिबार सांझ साउथहयाम्पटन एफसी कन्फरेन्स हलमा आयोजित विशेष समारोहमा सहारा यूकेलाई हयाम्पसायर एफएले इक्वेलिटी च्याम्पियन अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा हयाम्पसायर एफएका क्रिस स्मिथले सहारा यूके अध्यक्ष मिन बहादुर गुरुङ (साईंला) लाई उक्त अवार्ड प्रदान गरे ।
स्मरणरहोस्, सहारा यूके अध्यक्ष गुरुङ ‘हयाम्पसायर इन्क्लुसिभ एडभाइजरी ग्रुप’ मा छन् । अवार्ड कार्यक्रममा सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, एफसी चेयरमेन कुसाङ गुरुङ, महासचिव कृष्ण गुरुङ, धनु थकाली सहभागी थिए ।
अवार्ड प्राप्त गरेपछि अध्यक्ष गुरुङले सबैप्रति आभार व्यक्त गर्दै सबैको योगदानले यस अवार्ड मिलेको बताए ।
पछिल्लो समयमा सहारा यूकेले एफएसंग सम्वन्ध विस्तार गर्दै गएको छ । यही निकट सम्वन्धका कारण एफएले नेपालीहरुको सबैभन्दा वृहत गोर्खा कपका बेला एफए कप प्रदर्शन गर्न मैदानमै कप ल्याएको थियो । गोर्खा कप हेर्न एफए पदाधिकारी पनि सहभागी थिए ।
एफएले भविष्यमा सहारा यूके खेलाडीलाई प्रशिक्षण, रेफ्री तालिम र अन्य लजिस्टिक सहयोग गर्ने योजना बनाएको अध्यक्ष गुरुङले जनाए ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक