लन्डन । युवाहरुमाझ चर्चित गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोसले शनिवार राती लन्डनमा भव्य कन्सर्ट गरेका छन् । इलाइट इभेन्टले लन्डनस्थित ट्रोक्सीमा गरेको लाइभ कन्सर्टमा झण्डै दुई हजार दर्शक सहभागी भएको आयोजकमध्ये एक म्याक्सी गुरुङले जनाए ।
धेरै समयदेखि बेलायत आउने उनीहरुको प्रयास यसपटक सफल भएको थियो । गायक दिव्याले कन्सर्टमा करिब १५ र अल्बाट्रोसले करिब २० वटा आफ्ना नयां पुराना गीत प्रस्तुत गरे । उक्त व्याण्ड सदस्यहरु कन्सर्ट सकिएपछि सोमबार नै स्वदेश फर्कनेछन् भने गायक सुव्वा केही समय बेलायतमा रहने जनाइएको छ ।
कन्सर्टमा मिस नेपाल सुविन लिम्बु, मिस यूके नेपाल टिम लगायत हजारौं सहभागी भए । उक्त अवसरमा मिस नेपाल सुविन लिम्बु, सहारा यूके अध्यक्ष नवीन गुरुङ लगायतले आ आफ्नो मन्तव्य दिएका थिए । मिस वोर्ल्ड प्रतियोगितामा सहभागी हुन यहां आएकी मिस नेपाल सुविनले युवाहरुको कार्यक्रममा सहभागी हुन पाउंदा प्रसन्न लागेको बताइन् । सहारा यूके अध्यक्ष नवीन गुरुङले संक्षिप्त मन्तव्य व्यक्त गर्दै सुविनलाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।
१२ बजे कन्सर्ट सकिएपछि डिजे सिभा र डिजे विकीको संगीतमा राती अबेरसम्म डान्स पार्टी भएको थियो ।
आयोजकले क्रिसमसको पूर्व सन्ध्यामा साथीभाई अनि आफन्तजनसंग मेलमिलाप र युवाहरुलाई गुणस्तरिय कार्यक्रम दिन कन्सर्ट गरिएको प्रष्ट्याएका छन् । नेपाली गीतसंगीतको प्रबर्धन गर्नु पनि कार्यक्रमको अर्को उद्देश्य रहेको उनीहरुको भनाइ थियो ।

कन्सर्टका क्रममा गायक सुव्वा र मिस नेपाल सुविनका साथ वीरेन खड्का । वीरेन पनि गायिका अन्जु पन्त, गायक शिव परियार र नायिका प्रियंका कार्की झिकाएर छिट्टै कार्यक्रम गर्ने तयारीमा छन् ।
सरला थापा र मिरुना मगरले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय व्याण्ड ‘हामी’ ले पनि साथ दिएको थियो ।
कार्यक्रममा सुरक्षा व्यवस्था मजवुत बनाइएको थियो । होहल्ला र बढि पेय पदार्थ सेवन गर्नेलाई बाउन्सरले बेलैमा बाहिर निकालिदिएकाले विगतका अन्य कन्सर्ट जस्तो अप्रिय घट्ना हुन पाएन ।
इलाइट इभेन्ट्का तर्फबाट एलबीजेड गुरुङ, मेख गुरुङ, म्याक्सी गुरुङ, विजय गुरुङ, सुरज सिंह र सञ्जय पुनले कार्यक्रम गरेका हुन् ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]