काठमाडौं-त्रिभुवन आर्मी क्लव एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै समूह बी अन्तर्गत प्रदेश ६ प्रतियोगिताबाट बाहिरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलहरुमा आर्मीले प्रदेश नम्बर ४ लाई र प्रदेश नम्बर ५ ले कर्णाली प्रदेशलाई समान ९ विकेटले हरायो ।
समूह ए अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चार नम्बर प्रदेश २९ ओभरमा मात्र ७६ रनमा अलआउट भयो । उसका लागि अनिल गुरुङले ४२ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । प्रदेश ४ का ६ खेलाडीले खाता खोल्नै सकेन ।
प्रदेश ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए ।
जवाफमा आर्मीले १६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरयो । आर्मीको जितमा सागर पुनले २६ तथा अनिल मण्डलले २८ र नरेश बुढाऐरले १० रनको योगदान गरे । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको म्याच अफ द म्याच चुनिए ।
यता टियू मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश ५ ले पनि प्रदेश ६ बिरूद्द ९ विकेटको सहज जित हासिल गरयो । जितसँगै प्रदेश ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्दा पराजयसँगै प्रदेश ६ भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह बीको चार खेलबाट उसले १ अंकमात्र जोड्न सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २२.५ ओभरमा ५५ रनमा अलआउट भयो । उसका लागि विजय विष्टले १७ रन बनाउदा बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् ।
प्रदेश ६ को इनिङ धराशायी बनाउने क्रममा प्रदेश ५ का कप्तान कप्तान शक्ति गौचनले शानदार बलिङ गरे । ६ ओभर बलिङ गरेका शक्तिले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ म्याच चुनिए । त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै झारे ।
जवाफमा प्रदेश ५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?