काठमाडौं-त्रिभुवन आर्मी क्लव एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै समूह बी अन्तर्गत प्रदेश ६ प्रतियोगिताबाट बाहिरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलहरुमा आर्मीले प्रदेश नम्बर ४ लाई र प्रदेश नम्बर ५ ले कर्णाली प्रदेशलाई समान ९ विकेटले हरायो ।
समूह ए अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चार नम्बर प्रदेश २९ ओभरमा मात्र ७६ रनमा अलआउट भयो । उसका लागि अनिल गुरुङले ४२ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । प्रदेश ४ का ६ खेलाडीले खाता खोल्नै सकेन ।
प्रदेश ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए ।
जवाफमा आर्मीले १६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरयो । आर्मीको जितमा सागर पुनले २६ तथा अनिल मण्डलले २८ र नरेश बुढाऐरले १० रनको योगदान गरे । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको म्याच अफ द म्याच चुनिए ।
यता टियू मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश ५ ले पनि प्रदेश ६ बिरूद्द ९ विकेटको सहज जित हासिल गरयो । जितसँगै प्रदेश ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्दा पराजयसँगै प्रदेश ६ भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह बीको चार खेलबाट उसले १ अंकमात्र जोड्न सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २२.५ ओभरमा ५५ रनमा अलआउट भयो । उसका लागि विजय विष्टले १७ रन बनाउदा बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् ।
प्रदेश ६ को इनिङ धराशायी बनाउने क्रममा प्रदेश ५ का कप्तान कप्तान शक्ति गौचनले शानदार बलिङ गरे । ६ ओभर बलिङ गरेका शक्तिले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ म्याच चुनिए । त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै झारे ।
जवाफमा प्रदेश ५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा