लन्डन । गोर्खाहरुको आधुनिक युद्ध इतिहास बोकेको बेलायत फोकस्टनस्थित गोर्खा मेमोरियल स्मारक स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । निर्माण भएको तीन वर्षपछि गोर्खा मेमोरियल फण्डले शनिबार स्थानीय फोकस्टन टाउन काउन्सिललाई स्मारक हस्तान्तरण गरेको हो ।
फोकस्टन टाउन मेयर आन बेरी र गोर्खा मेमोरियल फण्डका संस्थापक अध्यक्ष पूर्व काउन्सिलर धन गुरुङबीच एउटा एमओयू हस्ताक्षरपछि स्मारक अब काउन्सिलको जिम्मामा गएको छ ।
‘बेलायत सरकारलाई समस्त गोर्खाहरुका तर्फबाट उपहार हो यो’, गुरुङले भने, ‘यसबाट बेलायतले गोर्खाहरुप्रति हेर्ने दृष्टिकोण र विश्वास अझ बढ्ने मेरो आशा छ ।’ स्मारकको नियमित मर्मत सम्भार र अन्य व्यवस्थापन गर्न फण्डलाई सकस पनि भइरहेको थियो ।
गुरुङले काउन्सिलर छंदै सन् २००९ तिर स्मारक निर्माण प्रोजेक्टको योजना बनाएका थिए । विभिन्न चन्दादाताहरुको करिब एक करोड रुपैयां सहयोगमा सन् २०१५ मा स्मारक बनेको थियो । बेलायती सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठको अवसर पारेर ब्रिटिश अभिनेत्री जोआना लुम्ली र कांग्रेस नेतृ सुजाता कोइरालाले उक्त स्मारक उद्घाटन गरेका थिए ।
स्मारकमा अफगानिस्तान र अन्य देशका द्वन्द्वमा वीर गति प्राप्त गरेका १५ जना दिवंगत गोर्खाहरुको नाम अंकित छ । यसमा गोर्खा इतिहास पनि समावेश छ । स्मारकले नेपाली नयां पुस्ता र बेलायती नागरिकलाई गोर्खा इतिहास र योगदानबारे थप प्रष्टयाउने विश्वास लिइएको छ ।
गोर्खा मेमोरियल फण्डका संस्थापक गुरुङले आफ्नो संस्थाले बेलायतस्थित गोर्खा समुदाय र मातृभूमिका लागि कल्याणकारी काम गर्दै आएको जनाए । फण्डले हालै झापाको काकडभिट्टा माविमा ३१ कम्युटरसहित आइटी सेन्टर स्थापना गरिदिएको छ भने आगामी वर्षसम्म रोल्पाको खाबाङ गाउंस्थित श्री बलभद्र माविमा त्यस्तै सेन्टर स्थापना गर्ने उद्देश्य राखेको छ ।
संस्थाको प्राकृतिक विपत्ति सचेतना कार्यक्रम अन्तर्गत नेपालमा अग्नी नियन्त्रण सम्वन्धि प्रशिक्षण र सामाग्री साथै एम्बुलेन्स उपलव्ध गराइएको पनि गुरुङले जानकारी दिए ।
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग