मड्रिड, १८ जेठ – स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीका रुपमा शुक्रबार निर्वाचित हुनुभएको छ । बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसदमा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बन्नुभएको छ । उहाँको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित थिए ।
सोसलिष्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीहरुले पनि पेड्रोलाई मतदान गरेका छन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार सान्चेजले आफ्नो जिम्मेवारीप्रति आफू सतर्क रहेको बताउनु भएको छ । स्पेनको जटील राजनीतिक अवस्थालाई व्यवस्थापन गर्नु आफ्नो मुख्य चुनौती रहेको उहाँको भनाई छ ।
उहाँले आफू वार्ता मार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताउनु भएको छ ।
स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नव निर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिनुभएको छ ।
सान्चेजको जन्म सन् १९७२ को फेब्रुअरीमा मड्रिडमा भएको हो । सोसलिष्ट वकर्स पार्टीमा उहाँ १९९३ मा आवद्ध हुनुभएको थियो भने १९९८ मा यूरोपेली संसदको संसदीय सहयोगी बन्नुभएको थियो । सन् २००९ देखि २०११ सम्म र २०१३ देखि २०१६ सम्म उहाँ मड्रिडमा सोसलिष्ट तर्फको सांसदमा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २०१४ को जुलाईमा पार्टीको महासचिव बन्नुभएको थियो ।
उहाँले अहिले निवर्तमान प्रधानमन्त्री राजोएविरुद्ध भ्रष्टाचारको आरोप सहित संसदमा अविश्वासको प्रस्ताव राख्नु भएको थियो । अविस्वासको प्रस्ताव विरुद्ध राजोएले विश्वासको मत पुरयाउन नसकेपछि सन्चेज प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने