काठमाडौं, १९ जेठ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आइसिसी) नेपाललाई शुक्रबारदेखि लागू हुने गरी एकदिवसीय वरियतामा समावेश गरेको छ ।
आइसिसीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालसँगै स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सलाई ‘वान डे’ वरियतामा समावेश गरेको हो । गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय छनोट खेलमा एशोसिएटतर्फ शीर्ष तीनभित्र परेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
अब नेपाल र नेदरल्याण्ड्सलाई चार चार खेल खेलेपछि मात्र पूर्ण वरियतामा समावेश गरिने आइसिसीले जनाएको छ । अहिले आइसिसीको वान डे वरियतामा इंगल्याण्ड १२५ अंकका साथ पहिलो स्थानमा छ भने १२२ अंक रहेको भारत दोस्रो स्थानमा छ ।
एशोसिएटतर्फ २८ अंक रहेको स्कटल्याण्ड १३औँ तथा १८ अंकका साथ युएई १४औँ स्थानमा छ । नेदरल्याण्ड्सको १३ अंक छ भने नेपाल अंकविहीन छ । अब नेपाल र नेदरल्याण्ड्सले पूर्ण वरियतामा पर्न एक दिवसीय खेल खेल्नुपर्नेछ । नेपाल र नेदरल्याण्ड्सबीच आगामी अगस्त १ र ३ मा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुने यसअघि नै तय भइसकेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’