गत ३० नोभेम्बरमा लण्डनमा हृदयघात पश्चात उपचार हुदा हुदै आकस्मिक मृत्यु भएका गुल्मीका अनिल जंग थापाको शब परिवारजनको चाहना बमोजिम नेपाल पठाइने भएको छ ।समाजका अध्यक्ष अर्जुन गौतमका अनुसार थापाको शब नेपाल पठाउन गुल्मी जिल्ला समाज युकेका सदस्यहरुको आपसी सहयोगबाट पन्ध सय सत्र पाउण्ड (£१५१७ ) थापाको शब पारबहन सहयोगार्थ हस्तान्तरण गरिएको छ । शनिवार गुल्मी जिल्ला समाज युकेका पदाधिकारीहरु थापाको लण्डन प्लमस्टिड निवासमा पुगी पारिवारिक सहयोगी तथा समन्वय कर्ता भरत थापालाई संकलित रकम हस्तान्तरण गरे ।
सो अवसरमा संस्थाको तर्फबाट अध्यक्ष अर्जुन गौतम सहित उपाध्यक्ष बिनोद ज्ञवाली, सल्लाहकारहरु बालजंग अर्याल, मोतिराज भण्डारी, दाशु पाण्डे र फत्त थापाको उपस्थिति थियो। संस्थापक अध्यक्ष ओम थापा उपस्थित हुन नसकेकोमा क्षमा याचना गरेको जानकारी महासचिव राम गलामीले दिएका छन् । गुल्मी जिल्ला समाज युकेको मुख्य सहयोग साथै अन्य संस्था तथा व्यक्तिहरुको सहयोगले रकम अभाव नहुने जानकारी फ्युनेरल कम्पनिसंग समन्वय गरेका गुल्मी जिल्ला समाज युकेका सल्लाहकार दाशु पाण्डेले बताए । आफ्नी श्रीमतीको साथमा लण्डन प्लम्स्टिड बस्दै आएका थापाको शव नेपाल पठाउन गुल्मी जीला समाज युकेले सहयोग संकलनको पहल कदमी गरेको थियो । यस अघि पनि संस्थाका सचिव शिव भण्डारी, सल्लाहकार दुर्गा पाण्डे, चेतनाथ खनाल उनको निवास पुगेका थिए |
चाल्टर्न नेपाली समाजको सहयोग पनि हस्तान्तरण
साउथ इष्ट लण्डनको चार्ल्टन निवासी नेपालीहरुको साझा मंच चाल्टर्न नेपाली समाज युकेले पनि स्वर्गीय थापाको शव नेपाल पठाउन सहयोग गरेको छ । संस्थासंग आवद्द व्यक्तिहरुबाट संकलित पांच सय छब्बीस (£५२६) पाउण्ड पारिवारिक सहयोगी भारत थापालाई हस्तान्तरण गरिएको सचिव तोयनाथ रिजालले जनाएका छन् । उक्त रकम हस्तान्तरणका लागी चाल्टर्न नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डे र कोषाध्यक्ष कृष्ण खरेल स्वर्गीय थापाको निवास पुगेका थिए । उपाध्यक्ष टंक कंडेलका अनुसार, सहयोग रकम कार्य समिति र सल्लाहकारबाटै संकलन गरिएको थियो ।
यस अलावा अन्य संस्था तथा व्यक्तिगत संयोजनबाट पनि सहयोग संकलन भएको जानकारी प्राप्त भएको छ परन्तु धेरैतिरबाट सहयोग भएकोले विवरणको पूर्णता भने आइसकेको छैन् । मर्दा पर्दा दिल खोलेर सघाउने नेपाली प्रचलन देश बाहिर प्रवाशमा पनि नेपालीहरुले दर्शाएका छन् । संस्थागत परिधि बाहिर रहनेहरु पनि स्वतस्फूर्त रुपमा यो कार्यमा सहयोग गरिरहेका छन् ।
पोस्ट मार्टम प्रकृया लम्बिंदा स्वर्गीय थापाकी श्रीमती सुनिता शनिवारमात्रै नेपाल प्रस्थान गरेकी छिन् भने थापाको पार्थिव शरीरलाई आगामी हप्ता नेपाल पठाउने पक्का भएको छ । उपचारको क्रममा मृत्यु भएका थापाको पोस्टमार्टम गर्दा ल्याब टेस्ट लगायतका प्रकृया अपनाउनु पर्ने भएकोले यति लामो समय लागेको बताइएको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य