म्याड्रिड, स्पेन, १७ जेठ – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गर्नुभएको छ ।
रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेको पाँच दिनपछि क्लबबाट विदा लिन लागेको घोषणा गर्नुभएको हो । उहाँको नेतृत्वमा रियल म्याड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जितेको हो ।
एक्कासी गरिएको प्रेस सम्मेलनमा उहाँले भन्नुभयो, “मैले रियल म्याड्रिडको प्रशिक्षकका रूपमा अर्को वर्ष निरन्तरता नदिने निर्णय लिएको छु । तीन वर्षपछि मैले अर्को बाटो अर्थात् काम गर्ने अर्को शैली अपनाउनुपर्छ । क्लबले पनि आफ्नो स्तरीय प्रदर्शनका लागि नयाँ रणनीति अपनाउनु पर्छ । यो फरक व्यक्तिको प्रयासबाट सम्भव हुनेछ ।”
सम्मेलनमा उहाँले प्रशिक्षणका लागि तत्काल अर्को फुटबल समूह नखोजेको प्रतिक्रिया दिनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता