काठमाडौँ, १७ जेठ – गणतन्त्र एवं सगरमाथा दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।
संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोग र न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले मंगलबार संयुक्त रुपमा ‘विश्वको सर्वोच्च शिखर र त्यसको परिवेश’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको थियो ।
उक्त कार्यक्रममा न्यूयोर्कस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै त्यहाँ बसोबास गर्दै आएका नेपालीको सहभागिता रहेको संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड र अमेरिका–नेपाल पर्वतारोहण संघसँगको सहकार्यमा आयोजित तस्वीर प्रदर्शनीमा सगरमाथा र आसपासका हिमालका ३० वटा मनोरम तस्वीर समावेश गरिएको छ । प्रदर्शनी यही जेठ १८ गतेसम्म जारी रहने छ ।
यसैगरी, बैंककस्थित नेपाली राजदूतावासले स्वागत समारोह आयोजना गर्नाका साथै वृत्तचित्र प्रदर्शनी गरेको जनाइएको छ ।
कूटनीतिक नियोगका पदाधिकारी, नेपाल र थाइल्याण्डका पर्वतारोही, सगरमाथा आरोहण गरेका थाई नागरिक, त्यहाँका सञ्चारकर्मी र पर्यटन व्यवसायीको बाक्लो उपस्थितिमा गणतन्त्र र सगरमाथा दिवस आयोजना गरिएको बैंककस्थित नेपाली दूतावासले आज जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने