टोकियो, १४ जेठ – उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने हुनुभएको छ । आवेले शिखरवार्ता भन्दा अगाडि नै आफूहरुका बीचमा भेटवार्ता हुने सहमति भएको सोमबार जानकारी दिनुभएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।
ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच शिखर वार्ता आगामी जुन १२ मा सिङ्गापुरमा हुने भनिएको छ ।
यसअघि भङ्ग होलाजस्तो भएको शिखर वार्ता निर्धारित समयमै हुने भएपछि दुबैतर्फका अधिकारीहरुले त्यसको आन्तरिक तयारी सुरु गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि अहिले वार्ताको आवश्यक तयारी शुरु भएको जनाएको छ ।
वार्ताको तयारीकै लागि अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान