नयाँदिल्ली, १२ जेठ – राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् ।
देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।
भारतमा एचआइभी एड्सको संक्रामक अवस्था द्रुत गतिमा रहेकोले सुरक्षित यौन सम्बन्धका लागि कन्डोम र महिला स्वास्थ्यको अवस्थामा सुधारका लागि महिलाले प्रयोग गर्ने सेनिटरी प्याड बितरण गर्ने कार्यक्रम भारत सरकारले हालैमात्र पारित गरेको एकजना स्वास्थ्य अधिकारीले जनाएका छन् ।
“एउटा नयाँ शौचालय नीति अन्तर्गत भारतीय रेल सञ्चालक बोर्डले यस्तो निर्णय गरेको हो,” एक सरकारी अधिकारीले भने ।
भारतको उत्तरदेखि दक्षिणसम्म फैलिएको भारतीय रेल सेवाको सञ्जाल विश्वमै सबैभन्दा ठूलो रेल सञ्जालका रुपमा रहेको लिइन्छ ।
भारतीय सबै रेल सेवाका यात्रु बाहक रेलले प्रतिदिन दुई करोड तीस लाख यात्रुलाई सेवा दिने गरेका छन् ।
अत्याधिक मात्रामा यात्रुको चाप रहेको, भारतमा रेल सेवा कम्पनी पुराना भएको र परम्परागत तथा पुरानै सामग्री ती रेल सेवामा प्रयोग हुने भएकाले भारतमा रेल सेवामा यात्रुले ठूलो दुःख कष्ट र दुर्घटनाको सामना गरिरहनुपरेको बताइन्छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी