लण्डन । पाँचथरको पौवा सारताप गाविसमा सञ्चालित सारताप उच्च माध्यमिक विद्यालयलाई सहयोग गर्न बेलायतमा साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।
बेलायतमा बसोबास गर्दै आएका त्यस विद्यालयका पूर्व विद्यार्थीहरुको संयोजनमा जनवरी २ मा कार्यक्रम गरिने पक्का भएको हो ।
राणाकालीन अवस्थामा गरिब जनताले पढ्न नपाइरहेको अवस्थामा सर्वसाधारणका छोराछोरी पढाउने उद्देश्यले २००६ सालमा उक्त विद्यालय स्थापना भएको थियो ।
विद्यालयको भवन जीर्ण बन्दै गएकाले कार्यक्रमबाट संकलित रकम भवन निर्माणमा प्रयोग गरिने कार्यक्रम संयोजक एकराज नेम्वाङले जानकारी दिए ।
उनका अनुसार मिस नेपाल सुविन लिम्बूको उपस्थितिमा बेलायतस्थित हम्पसायरको अल्डरसटमा रहेको निरमाया रोधिघरमा कार्यक्रम आयोजना हुनेछ ।
कार्यक्रममा बेलायतमा रहेका नेपाली मूलका थुप्रै कलाकारको प्रस्तुति रहने बताइएको छ ।
उक्त विद्यालय नेपाली राजनीतिक परिर्वतनका समयमा सक्रिय राजनीतिमा लागेका भूविक्रम नेम्वाङसहित नेम्वाङ बन्धुहरुको सक्रियतामा स्थापना भएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]