सोल, ७ जेठ – उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ ।
दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा उक्त बैठक स्थगित गरेको थियो ।
उत्तर कोरियाले दक्षिण कोरियालाई सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न विगतदेखि नै आग्रह गरिरहेको छ । तर, सो सैन्य अभ्यास जारी छ ।
यही मे १६ मा दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो ।
त्यसपछि अर्को बैठकका बारेमा केही निर्णय भएको छैन र आजसम्म सो बैठकको अर्को मिति पनि तोकिएको छैन ।
यही मे २५ सम्म जारी रहने जनाइएको सो सैन्य अभ्यास दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको समाचार पनि आएको थियो । यसको उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ ।
दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । उक्त शान्ति सम्झौतापछि यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठकहरु बस्दै आएका थिए ।
तर सोही सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि ठप्प भएका छन् ।
उता त्यतिमात्र नभएर उक्त सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी समेत उत्तर कोरियाले दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ ।
उक्त बैठक अगावै उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीचक बुधबार बैठक हुने भनिएको थियो । तर सो बैठक उत्तर कोरियाका कारण हुनसकेको छैन ।
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक शान्ति सम्झौताको आफूहरुले पालना गरेको तर दक्षिण कोरियाका तर्फबाट भने यसको पालना नभएको उत्तरको भनाइ छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने