
लन्डन । बाग्मती नदी किनारमा एनआरएनए एसोसिएसनले बनाउन लागेको शंखमुल पार्कका लागि सहयोग जुटाउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले शंखमूल पार्क परियोजना समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा संघका केन्द्रिय अध्यक्ष भवन भट्ट, संयोजकमा संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य तथा सहसंयोजकमा लोकराज पौडेल (अष्ट्रेलिया), बिजन भट्ट (युके), मनोज गोर्खाली (मध्यपूर्व), कृष्ण पाण्डे (हङकङ), सुरेन श्रेष्ठ (युएसए) तथा द्वारिका महर्जन (नर्वे) रहेका छन् ।
सल्लाहकारहरुमा चिरन्जीवी ढकाल (युके), दिल गुरुङ (जर्मनी), सोनाम लामा (युएसए), निरजगोविन्द श्रेष्ठ (बेलारुस) र डमर घले (युके) रहेका छन् ।
त्यसैगरी, फण्डरेजिङ कोअर्डिनेटरहरुमा शालिकराम डुम्रे (चीन), नवराज शिवाकोटी (दक्षिण कोरिया), केश गुरुङ (अष्ट्रेलिया), हरि राम्जाली (अष्ट्रेलिया), प्रमोद दुवाडी (अष्ट्रेलिया), केशव सापकोटा (अष्ट्रेलिया), दिपेन्द्र महर्जन (अष्ट्रेलिया), यादव देवकोटा (अष्ट्रेलिया), दीपक घिमिरे (युएसए), रामेश्वर बुर्लाकोटी (युएसए), टेकबहादुर रुवाली (युएसए), दुर्गा दाहाल (युएसए), भरत अर्याल (युएसए), धनराज ढकाल (युएसए), खडक उप्रेती (युएसए), पुरन गिरी (युके), सुवास पोखरेल (युके), सुरेन्द्र त्रिपाठी (साउदी अरेबिया), जोन अर्याल (साउदी अरेबिया), सुदिप अर्याल (फिनल्याण्ड), शैलेन्द्र अधिकारी (डेनमार्क), त्रिलोचन सापकोटा (डेनमार्क), डिबी कंडेल (जापान), ओम शर्मा (बेल्जियम), टंक लम्साल (जर्मनी), ददि अर्याल (क्यानडा), अमीर गुरुङ (हल्याण्ड), शालिक गौतम (हल्याण्ड) र इश्वर रिजाल (पोर्चुगल) छन् ।
त्यसैगरी स्टेयरिङ कमिटीमा कुल आचार्य, जानकी गुरुङ, सोम सापकोटा, सुवास अधिकारी तथा हेमन्त दवाडी छन् ।
यसै वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको शंखमुल पार्कको कुल लागत झण्डै तीन करोड लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये झण्डै आधा रकम जुटाउन बांकी रहेको बताइएको छ ।
‘नेपाल सरकारको बाग्मती सफाइ अभियानलाई सघाउन काठमाडौंमा शुरु गरिएको यो परियोजना एनआरएनएको गौरवसंग पनि गांसिएको छ । त्यसैले म सबै गैरआवासीय मित्रहरुलाई मन खोलेर यो परियोजनामा सहयोग गर्न आग्रह गर्दछु’- संयोजक आचार्यले भने ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी