काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ ।
राखेपद्वारा शुक्रबार सार्वजनिक गरिएको खेल तालिकानुसार यही जेठ १३ गतेको उद्घाटन खेलमा एपिएफ र प्रदेश ४ बीच प्रतिस्पर्धा हुनेछ । नेपालयले प्रतियोगिताको मुख्य प्रायोजक एक्सेल्सिया कलेजसँग पनि प्रायोजन सम्झौता गरेको छ । एक्सेल्सिया कलेजका क्षेत्रीय प्रमुख बबी अब्राहम र नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतानुसार एक्सेल्सिया कलेजले नेपालय इन्टरनेशनललाई २४ हजार अष्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ ।
सोही कार्यक्रममा प्रतियोगितामा लगाइने जर्सी एक्सेल्सिया कलेजका प्रतिनिधि बबी र नेपालका प्रबन्ध निर्देशक सुवासले सार्वजनिक गरे । प्रतियोगिता जेठ २९ गतेसम्म चल्नेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख हात पार्नेछन् । यस्तै म्यान अफ द सिरिजले रु एक लाख र विधागत उत्कृष्ट हुनेले जनही रु ५० हजार पाउने छन् ।
नेपाललाई पारामा ३ स्वर्ण
दोस्रो काठमाडौँ अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन आज पारातर्फ नेपालले स्वर्णपदक हात पारेको छ । राखेपको कभर्ड हलमा आजदेखि शुरु भएको उक्त च्याम्प्यिनसिपअन्तर्गत पारातर्फको विधामा नेपाली खेलाडीले तीन स्वर्णपदक हात पारेका हुन् ।
पाराको महिला ४८ केजीमुनि तौल समूहमा नेपालकी पलेशा गोवर्धनले स्वर्ण जितिन् । उनले फाइनलमा नेपालकै सीता भण्डारीलाई पराजित गरेकी हुन् । भारतकी भिना अरोराले सो विधामा कास्यपदक हात पारिन् । पुरुषतर्फ ४० केजीमुनिमा नेपालका सोम सुनुवारले नेपालकै दीपेश महतलाई हराउँदै स्वर्ण जिते । पाराको पुरुष ५८ केजीमुनि भारतका मोहम्मद हैदरले नेपालका गोविन्द थापालाई हराउँदै स्वर्ण पदक हात पारे । उनन्सत्तरी केजीमुनिमा नेपालका रामबहादुर अधिकारीले नेपालकै संघु भोटेलाई हराउँदै स्वर्ण पदक आफ्नो बनाउन सफल भए ।
त्यसैगरी फाइटतर्फको विधामा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । फाइटको पुरुष २१ केजीमुनिमा नेपालका अमन श्रेष्ठ र सुशान्त पाण्डे फाइनलमा पुगेका छन् । सेमीफाइनलमा अमनले अञ्जल पुन मगर र सशान्तले राजेन्द्र थामीलाई हराउँदै स्वर्णको यात्रा तय गरेका हुन् । पुरुष २५ केजीमुनिको सेमिफाइनलमा नेपालकै तिलक विकले नेपालकै दीपक वादीलाई तथा प्रशान्त पुन पुन मगरले नेपालकै प्रीतम ठकुरीलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
त्यसैगरी पुरुष सिनियर (३९ वर्षमुनि) पुम्सेमा भारतका सरोज गुरुङले स्वर्ण, नेपालका आशिष चन्दले रजत तथा नेपालकै वीरबहादुर बम्जन र भारतका खुम्लिन्दिङ हमारले कास्यपदक पाए । यता २९ वर्षमुनि पुम्सेमा मलेसियाका अगिस्टन रुडीले स्वर्ण, नेपालका तिलक पुन मगरले रजत र बंगलादेशका सफ्यात नुरले कास्यपदक जित्न सफल भएको प्रतियोगिताका संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिए ।
उन्नाइस वर्षमुनि पुरुष पुम्सेमा मलेसियाका टेरेन्ज योङ स्वर्ण, नेपालका राम गोले रजत तथा नेपालकै सुजन गुरुङ र दक्षिण कोरियाका बोसुक होङ कास्य जित्न सफल भए ।
उक्त प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव केशवकुमार विष्टले गर्नुभएको थियो । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, दक्षिण कोरिया, मलेसिया, इण्डोनेसिया, चीन (मकाउसमेत), अष्ट्रेलिया, सिंगापुर र अफगानिस्तानले प्रतिष्पर्धा गरिरहेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता