लन्डन । लण्डनमा नेपाली व्यवसायीबाट सञ्चालित नीम ट्री फार्मेसीले योङ्ग फ्रेण्ड्ली अवार्ड प्राप्त गरेको छ । कँडेल गु्रपद्वारा सञ्चालित नीम ट्रीलाई स्थानीय ग्रीनवीच काउन्सिलले सो अवार्ड प्रदान गरेको हो । स्थानीय क्षेत्रमा युवाहरुमा केन्द्रित समावेशी र सहयोगमूलक सेवा उपलब्ध गराए वापत नीम ट्रीले अवार्ड पाएको हो ।
स्थानीय काउन्सिलबाट प्रदान गरिएको सो अवार्डलाई बेलायत सरकारको स्वास्थ्य विभागले समेत मान्यता दिने गरेको छ । वीलवीचमा आयोजित एक कार्यक्रममा ग्रीनवीच काउन्सिलका जनस्वास्थ्य विभाग निर्देशक स्टीभ ह्वाइटम्यानले नीम ट्रीकी सुपरिटेन्डेन्ट फार्मसिस्ट शोभा कँडेललाई अवार्ड प्रदान गरेका थिए ।
कँडेल गु्रपले ‘नीम ट्री’ र वीलवीच ‘लेट नाइट’ गरी लण्डनमा दुई वटा फार्मेसी सञ्चालन गरेको छ । लण्डनमा अहिलेसम्म नेपाली व्यवसायीबाट सञ्चालित फार्मेसी यी दुई मात्र हुन् ।
दुवै फार्मेसीमा नेपाली भाषा बोल्ने कर्मचारीहरु पनि छन् । विशेष गरी अंग्रेजी भाषा बोल्न नजान्ने भूतपूर्व गोर्खाहरुका लागि यी दुवै फार्मेसीका कारण निकै सजिलो हुने गरेको छ । यी फार्मेसीहरुले गोर्खाहरुका लागि विशेष प्राथमिकता र सहुलियत सहितको सेवा पनि उपलब्ध गराउँदै आएका छन् ।
बेलायतमा व्यवसाय गरिरहेको कँडेल ब्रदर्श समूहले नेपालमा बेलायती विश्वविद्यालयबाट मान्यताप्राप्त ‘द व्रिटिश कलेज’ पनि सञ्चालन गरेको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य