सोल, २ जेठ – उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ ।
बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ ।
उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोध गर्दै सो बैठक नबस्ने जनाएको हो ।
उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल हालै दक्षिण कोरिया पुगेको थियो । सोही प्रतिनिधिमण्डलले उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति गरेको थियो ।
दक्षिण कोरियामा सो देश र अमेरिकाको सैनिक अभ्यास सुरु भएको थियो । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको थियो ।
सो सैनिक अभ्यासले दुई कोरियाबीच गत अप्रिल २७ को शान्ति सम्झौताको उल्लंघन गरेको भन्दै आगामी केही दिनमा यदि उक्त सैनिक अभ्यासको तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी पनि दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीचक हुने भनिएको यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।
सोही बैठकको पूर्व सन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुग्नुभएको थियो ।
गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो ।
उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरु सहमतिको कार्यान्वयनका लागि बुधबार दुई कोरियाबीच यो बैठक बस्न लागेको बताइएको थियो ।
मन्त्रीस्तरमा हुने बताइएको सो बैठकले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गर्ने बताइएको थियो । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउनुहुने समाचार आइसकेको थियो ।
उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने केही बताएको छैन । अमेरिकाको पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने