गाजा सिटी, प्यालेस्टाइन, १ जेठ – आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको छ ।
उक्त क्षेत्रमा मङ्गलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । सो क्षेत्रमा विगतका केही दिनदेखि विरोध प्रदर्शन जारी रहेका छन् ।
इजरायली सेनाले आत्मरक्षाको लागि गरिएको कारबाही भन्दै गाजा र प्यालेस्टानको सीमामा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गरेको कारबाहीको क्रममा ५९ जना प्यालेस्टिनी मारिएका छन् ।
अमेरिकी राजदूतावास जेरुसेलममा राख्ने विषयमा इजरायल र प्यालेस्टाइनबीच केही वर्षयता द्वन्द्व जारी छ ।
सोमबारको विरोध प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेप विरुद्ध भएको बताइएको छ ।
प्रदर्शनमा सहभागी सयौं प्यालेस्टाइनीमध्ये करिब दुई हजार ७०० जना घाइते भएका छन् । हिजोको सो कारबाहीलाई रक्तपातपूर्ण भनिएको छ ।
गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीमाथि इजरायली सेनाले गरेको सैन्य कारबाहीको क्रममा ११३ भन्दा बढीको मृत्यु भएको छ ।
इजरायली सेनाको यो कारबाहीको अन्तरराष्ट्रियस्तरमा व्यापक निन्दा भएको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा ‘नरसंहार’ को संज्ञा दिनुभएको छ ।
फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले उक्त घटनाको भत्र्सना गर्नुभएको छ र टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगानले इजरायल आतङ्क र नरसंहारको आरोप लगाउनुभएको छ ।
इजरायली सशस्त्र फौजबाट प्रदर्शनकारीमाथि गरेको यस कारबाहीको अन्तरराष्ट्रिय जगतमा निन्दा भएको छ । दुई राज्यले वार्ताबाट नै समस्याको हल गर्नुपर्ने अन्तरराष्ट्रिय जतगको भनाइ छ ।
तर बेलायतले भने आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको तर्क अघि सोरेको छ ।
जेरूसलेममा अमेरिकी दूतावास खोलिएको विरोधमा प्यास्लेस्टाइनीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले सुरक्षा कदम स्वरुप सो कारबाही गर्नुपरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताउनुभएको छ ।
सो क्षेत्रमा मङ्गलबार पनि प्रदर्शनको त्रास कायमै रहेको भन्दै ठूलो संख्याका प्रहरी तैनाथ गरिएको बताइएको छ ।
संयमता अपनाउन इजरायललाई चीनको आग्रह
यसैबीच चीनले संयमता अपनाउन इजरायललाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लुछाङले सो आग्रह गर्नुभएको हो ।
इजरायली सेनाको कारबाहीमा ५९ जना प्यालेस्टाइनीको ज्यान गएपछि चीनले यो आग्रह गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले सो घटनाप्रति चीन गम्भीर रहेको भन्दै इजरायलका सामु संयमता अपनाउनु बाहेकको अर्को विकल्प नरहेको बताउनुभएको हो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त