बेइजिङ, चीन, २७ वैशाख – यूरोपेली संघ (इयू) ले चिनियाँ उत्पादनको अनुसन्धानमा चीनमाथि पक्षपातपूर्ण व्यवहार देखाएको भन्दै चीनको वाणिज्य मन्त्रालयले इयूसँग बिहीबार ‘तीब्र असन्तुष्टी’ प्रकट गरेको छ ।
चीनमा उत्पादित टायरको मूल्यमा संरक्षणवादी कर धारणाको प्रयोग गरी अनुसन्धान अघि बढाएर इयूले चीनमाथि पक्षपातपूर्ण व्यवहार देखाएको दावी चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ता गेओ फेङले बताउनुभयो ।
‘चीनले आफ्ना व्यापारिक गतिविधिउपर निष्पक्ष व्यवहार देखाउन आग्रह गर्दछ’, गेओले भन्नुभयो ।
चीनको यो भनाई यूरोपेली आयोगले चीनमा उत्पादन भई यूरोपमा निर्यात हुने सामानमाथि यही मे ८ गतेदेखि लागू भई आगामी छ महिनाका लागि कायम रहने गरी चिनियाँ टायरमा लगाइएको कर संरक्षणवादी धारणाबाट आएको भन्दै यसबारे असन्तुष्टि जनाइएको हो ।
गेओले भन्नुभयो, “मन्त्रालयले इयूको कदमले चीनको व्यापारलाई प्रभावित मात्र तुल्याउने नभई इयूको टायर उद्योगको दीर्घकालीन विकासका साथै यूरोपेली उपभोक्ताको चाहानालाई अवमुल्यनसमेत गर्नेछ ।”
चीनले उक्त मुद्दाबारेमा हुने प्रगतिबारे सुक्ष्म तथा निकटरूपमा पछ्याउने छ र चिनियाँ उद्योगीहरूको वैध चासोको पक्षमा वकालत गर्ने उहाँले बताउनुभयो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त