लन्डन । एनआरएनए यूके विवाद छानवीन गर्न केन्द्र (एनआरएनए आइसीसी) बाट गठित समितिका संयोजक कुलचन्द्र गौतम बेलायत नआउने भएका छन् । गौतमले काठमाण्डौंमा आफ्नो छोड्नै नहुने प्रतिवद्धता भएको जनाउंदै छानवीन समितिका अरु पदाधिकारीलाई उल्लेख्य सहयोग गर्न आग्रह गरेका छन् ।
गौतमले छानवीन समितिका अरु सदस्यहरु लोकभक्त राणा र डा. अम्बिका अधिकारीसंग आफू नियमित सम्पर्कमा रहने जनाउंदै बेलायतस्थित पदाधिकारीहरुलाई प्रेषित गरेको इमेलमा समितिले व्यवसायिक र निष्पक्ष छानवीन गरि एनआरएनए यूके र केन्द्रको गरिमा कायम राख्न सघाउने विश्वास व्यक्त गरेका छन् ।
समितिका ति दुई सदस्यले बेलायतमा एनआरएनए अभियानका अग्रजहरु, आइसीसी सदस्यहरु, सल्लाहकारहरु, अध्यक्षका दावेदार महेन्द्र कंडेल एवं योगेन्द्रबहादुर क्षेत्री समूह, वुद्धिजिवी लगायतसंग यथार्थ बुझी प्रतिवेदन बनाउनेछन् । एनआरएनए यूके संरक्षक एवं आइसीसी सल्लाहकार डमर घलेले सम्वन्धित व्यक्तिसंगको छलफल मिति र स्थान तय गर्ने जनाइएको छ । राणा १९ डिसेम्बरमा लन्डन आउने तय भएको छ भने अधिकारी पनि त्यही आसपासमै लन्डन उत्रिने छन् ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]