मस्को, रूस, २४ वैशाख – पुटिनले चौंथो कार्यकालको नेतृत्वका लागि सोमबार सपथ ग्रहण गर्नुभएको छ ।
सपथपछि राष्ट्रपति पुटिनले रूसको संविधानमाथि हात राखी भन्नुभयो, “रूसका लागि सम्भव हुनै सबैकुरा गर्नु मैले मेरो कर्तव्य र जीवनको लक्ष्यका रूपमा लिएको छु ।” नयाँ कार्यकाललाई वातावरण र रूसी जनताको जीवनस्तर सुधारमा प्रयोग गर्ने उहाँले बताउनुभएको छ ।
पैसठ्ठी वर्षीय पुटिनले यस बर्षको मार्चमा भएको निर्वाचनमा झण्डै ७७ प्रतिशत मत प्राप्त गरी निर्वाचित बनेपछि रूसमा जोसेफ स्टालिनपछि सबैभन्दा लामो समय जिम्मेवारी लिने व्यक्ति बन्नु भएको थियो ।
नयाँ राष्ट्रपतिका रूपमा उहाँले आफ्नो चौथो कार्यकाल रूसको अर्थतन्त्रलाई पुनर्जीवन दिने प्रतिवद्धता जनाउनु भएको छ । यद्यपि उहाँमाथि अन्तर्राष्ट्रिय विवादका कारण काम गर्दा दवाव भने रहने देखिएको छ ।
करिब दुई दशकदेखि रूसी नेतृत्वमा रहेका पुटिनले आगामी छ वर्ष रूसको शासन व्यवस्था सम्हाल्नुहुनेछ । पश्चिमा प्रतिस्पर्धीहरूसँग तनाब चर्किरहेका समय जिम्मेवारी सम्हालेका पुटिनले उनीहरूसँगको सम्बन्धलाई गाढा बनाउन नसकेको भएपनि उहाँले जिम्मेवारी सम्हाल्ने समयको तुलनामा केही शान्त भने बनाउनुभएको छ । दुई दशक पहिले रूसको कटु आलोचना गर्ने कतिपय मुलुकहरूले पछिल्ला वर्षहरूमा रूसको उपस्थितिलाई कूटनीतिक मञ्चहरूमा सहर्ष स्वीकार गर्न लागेका छन् । यसको अर्थ रूसको सम्बन्ध विश्वसमुदायसँग विश्वयुद्ध पहिलेको अवस्थामा भने पुगेको छैन ।
सपथ ग्रहणका लागि आयोजित समारोहमा आउँदा यस पहिले तीन पटकसम्म विश्वका केही अति आरामदायी कारमध्ये एक मानिने स्वदेशी मर्सेडिज कारको प्रयोग गरेका पुटिनले यसपटक भने रूसी सिनेट लिमोजिन कारको प्रयोग गर्नुभएको छ ।
प्रधानमन्त्रीमा मेदभेदेभलाई प्रस्ताव
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्रीका रूपमा लामो समयदेखि उहाँको निकट रहँदै आएका निवर्तमान प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालमा लाने प्रस्ताव सोमबार गर्नुभएको छ ।
राष्ट्रपति पुटिनले रूसी संसदमा निवर्तमान प्रधानमन्त्री मेदभेदेभलाई नयाँ प्रधानमन्त्री बनाउन आग्रह गर्नुभएको रूसी अधिकारीले बताएका छन् ।
“राष्ट्रपति पुटिनले मेदभेदेभको प्रधानमन्त्रीको उम्मेदवारीलाई सहज स्वीकार गर्दै उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कानूनी आधार पास गर्न रूसी संसद (डुमा) लाई आग्रह गर्नुभएको छ,” रूसी प्रशासन केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिनले चौँथो कार्यकाल औपचारिक रूफमा सम्हालेलगत्तै संक्षिप्त विज्ञप्ति जारी गरी जनाएको छ ।
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
मध्यपूर्वमा तनाव उत्कर्षमा : बेलायत, फ्रान्स, जर्मनी र साउदी अरेबियाद्वारा तत्काल तनाव कम गर्न आग्रह
लाहुरेको गाउँ रुम्सी हेर्न भिलेज सफारी’मा सरर आउने होइन त ?
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब