काठमाडौँ-अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताएका छन् ।
काठमाडौंमा आयोजित साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै तल्लोस्तरसम्मै खेलको वातावरण निर्माण गर्न सोमबार बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने बताए ।
‘म्याचफिक्सिङ’ रोक्न तत्काल कानून आवश्यक रहेको बताउँदै उनले भने, “म्याचफिक्सिङ अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउन सरोकारवाला निकाय, सरकार र संसद्ले विशेष पहल लिनुपर्छ ।”
नवनिर्वाचित अध्यक्ष शेर्पाले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतो तथा अनियमितता रोक्ने विश्वास व्यक्त गर्दै भने, “हामी सबै खेलाडीको गतिविधि नियाल्छौँ, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमा पनि जानकारी लिन्छौँ ।”
अहिले विभिन्न खेलमा ‘म्याचफिक्सिङ’ हुन थालेको र त्यसलाई रोक्नका लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको जानकारी गराउँदै शेर्पाले अगाडि भने “त्यो सफ्टवेयरमार्फत नेचुरल (स्वाभाविक) र अननेचुरल (अस्वाभाविक) गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत हामी अघि बढ्छौँ ।”
पछिल्लो समय फुटबलमा ‘म्याचफिक्सिङ’ हुने गरेको आरोप लागेको बताउँदै उनले फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्नेमा नयाँ नेतृत्व केन्द्रित हुने दाबी गरे । यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउने उनको भनाइ थियो । एन्फामा देखिएको अनियमितता रोक्नका लागि आर्थिक नियमावली जारी गरेर पारदर्शीता कायम गर्ने उनको भनाइ थियो ।
अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई सूचना प्रविधिमा लैजाने विश्वास दिलाउँदै क्लब दर्तादेखि लिएर खेलाडीको दर्ता पनि अब अनलाइनबाटै गरिने र उनीहरुहरुले क्लब परिवर्तन गर्दा पनि अब अनलाइनबाटै गर्नसक्ने व्यवस्थाको विकास गरिने जानकारी दिए । नेपाली फुटबलको विकासका लागि सबै क्लबलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँदै उनले भने, “म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु ।”
अध्यक्ष शेर्पाले अझैपनि नेपाली फुटबल खेलाडीले मासिक रु डेढ लाखदेखि दुई लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यावसायिक लिग खेलाउने तयारी गरिरहेको बताए ।
-मोनिका लिम्बू, प्रशिक्षार्थी पत्रकार
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता