लन्डन । गत आइतबार सांझ सकिएको छ ६४ औं मिस वर्ल्ड प्रतियोगिता । विश्वभरका एकसय २१ सुन्दरीहरु सहभागी उक्त मेघा इभेन्टलाई संसारभरका मिडियाले प्रमुखताका साथ स्थान दिए । लन्डन एक्सेलको उक्त भव्य समारोहमा एकमात्र नेपाली मिडियाको प्रतिनिधित्व गर्दै प्रत्यक्ष कभरेज गर्न पाएकामा नेपाली टिभी युरोपका निर्देशक कुशल श्रेष्ठ दंग छन् । ‘त्यो मेरो करिअरकै लागि सबैभन्दा गर्व र उपलव्धिको क्षण थियो’, श्रेष्ठले भने, ‘अप्रोच गरे नेपाली मिडियाले पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा अवसर पाउंछन् भन्ने महशुस भएको छ ।’
उनले नेपाली मिडिया भनेर मिस वर्ल्ड आयोजकले झन् अग्रपंक्तिमा स्थान दिएको पनि स्मरण गरे । कार्यक्रम भइरहंदा नेपाली टिभी युरोपका तर्फबाट मिस वर्ल्ड अफ्रिकन सुन्दरी रोलेन स्ट्रउस् र मिस नेपाल सुविन लिम्बुको बेग्ला बेग्लै अन्तर्वार्ता लिन पाएकामा पनि उनी प्रसन्न छन् । दुवै सुन्दरीका अन्तर्वार्ता छिट्टै प्रसारण गर्ने योजना छ ।
‘विश्वभरका करोडौं दर्शकले टिभीबाट हेरिरहेको महत्वपूर्ण इभेन्ट मैले आफ्नै क्यामेरामा कैद गर्न पाएं’, कुशल सुनाउंछन्, ‘टिकट काटेर इभेन्ट अवलोकन गर्नु उस्तो महत्वपूर्ण हुने थिएन तर नेपाली मिडियालाई आयोजकले बढि नै प्राथमिकता दिंदा ज्यादै खुशी लाग्यो ।’
मिस वर्ल्डमा सहभागी सुन्दरीहरुको प्रशिक्षण भइरहंदा कुशलसहित विजयविक्रम लिंगदेनको टिमले मिस नेपाल सुविन बसेको होटलमै गएर अन्तर्वार्ता लिएको थियो । त्यही क्रममा कुशलले मिस वर्ल्ड मिडिया कोअर्डिनेटरलाई कार्यक्रम कभरेजका लागि आफ्नो टिभीलाई अवसर दिन आग्रह गरेका थिए । श्रेष्ठले सुविनको अन्तर्वार्ता लिंक समेत मिडिया कोअर्डिनेटरलाई पठाइदिएपछि कार्यक्रमको गुणस्तरियता अनि आग्रहलाई आयोजकले नकार्न नसकेको श्रेष्ठ बताउंछन् ।
पछिल्लो एक महिना अवधिमा तीनवटा अन्तर्राष्ट्रिय कार्यक्रममा निम्तो पाएको बताउने श्रेष्ठले बेलायतमा नेपाली मिडिया कभरेज पनि विस्तारै फराकिलो बन्दै गएको बताए ।
मिस वर्ल्ड प्रतियोगिताका दिन मिस नेपाल सुविनलाई हौसला दिन जाने नेपालीहरुको पातलो उपस्थिति देखेर भने कुशल दुःखी छन् । ‘नाच्ने, गाउने र डान्स पार्टी कार्यक्रम भएको भए नेपालीको भीड छिचोलि नसक्नु हुने थियो तर त्यस्तो वृहत इभेन्टमा नेपालीको पातलै उपस्थिति रहनु दुःख लाग्दो कुरा हो’, उनले भने ।
भिडियोग्राफीमा राम्रो दख्खल राख्ने श्रेष्ठले अन्य विभिन्न अन्तर्राष्ट्रिय इभेन्ट र मिडियाका लागि काम गरेको उल्लेख गरे ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]