
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारीका लागि बिहीबार जनकपुरमा विशेष सरसफाइमा सहभागी प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायत । तस्बिर – अजयकुमार साह, धनुषा, रासस
जनकपुरधाम, २० वैशाख – यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ ।
संघ, प्रदेश र स्थानीय सरकारबाट जानकी मन्दिरदेखि बाह्रभूमिसम्म सौन्दर्यकरणको कार्य युद्धस्तरमा भइरहेको छ । दुई दिनअधि अबिरल वर्षाले बाह्रबिधा जलमग्न भएपछि पानी निकास गरी मञ्च व्यवस्थापन र पण्डाल निर्माणको कार्य अघि बढाइएको छ । त्यस्तै जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा मिथिला सभ्यता र संस्कृति झल्किने मिथिला कला बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ ।
यसैबीच भारतीय राजदूत मञ्जित पुरी लगायत भारतीय सुरक्षा अधिकारी र परराष्ट्र मन्त्रालयको उच्च पदाधिकारीको टोलीले बाह्रबिघाको स्थलगत अवलोकन गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतका अनुसार टोलीले बाह्रबिघामा हेलिकप्टर अवतरणमा समस्या आउनसक्ने भएकाले हेलिकप्टर जनकपुर विमानस्थलमा अवतरणको सुझाव दिएको छ ।
टोलीले आज बाह्रबिघाको विभिन्न स्थलमा परीक्षण गर्दा धुलोमय भएका कारण जनकपुर विमानस्थलमा हेलिकप्टर अवतरणको सुझाव दिएको उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकप्टरमा जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।
मुक्तिनाथ भ्रमणको तयारी पनि तीव्र
मुस्ताङ, २० वैशाख – मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ ।
मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको बारेमा जानकारी लिएर फर्किएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो । उहाँले हाल मुस्ताङको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
वैशाख २८ गते मोदी धार्मिक भ्रमणका लागि जनकपुरदेखि हेलिकोप्टरमार्फत मुक्तिनाथ आउने कार्यक्रम तय भएको छ । मुक्तिनाथ मन्दिरदेखि केही तल दुई वटा हेलिप्याड रहेका छन् । थप एकवटा हेलिप्याड निर्माण गरिने प्रजिअ पौडेलले बताउनुभयो । सीमानाका र मुक्तिनाथ क्षेत्रमा सुरक्षा सतर्कताका साथ चेकजाँच तथा गस्ती गरिएको छ ।
आकस्मिक उपचारको समेत व्यवस्था गरिएको छ । मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० सय मिटरको उचाइमा अवस्थित छ । भ्रमणलाई लक्षित गरेर बेनी—जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ । ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडक स्तरोन्नतिका लागि दैनिक आठघण्टा बन्द गरिँदै आएको छ ।
भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणले नेपाल—भारत सम्बन्ध जनस्तरमा अझै बलियो हुने र मुक्तिनाथको महत्वको बारेमा उजागर भई धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको मुस्ताङका नागरिक अगुवा चन्द्रबहादुर थकालीले बताउनुभयो ।
मुक्तिनाथमा मोदीको स्वागतका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष छेम्चोक छेक्तेन गुरुङको संयोजकत्वमा एक समिति पनि गठन भएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?