
लण्डन । गत १३ डिसेम्बर २०१४ तारिखको दिन बेलायतको आसफोर्ड सन फ्रान्सिस चर्च हलमा सन २०१४ सालको चासोक तङ्नाम (न्वागी पूजा) किरात याक्थुङ् चुम्लुङ केन्द्रिय कमिटि युकेको आयोजनामा भब्यरुपमा सम्पन्न भयो ।
कार्यक्रमको पहिलो चरण बेलायतको समयानुसार बिहान ९ बजेबाट चासोक तङ्नाम (न्वागी पूजा) किरात सत्यहाङ विधिले धर्मगुरु रामकुमार सिंथेबे र धार्मिक सम्योजक लाल बहादुर चोङ्बाङबाट १ घण्टा लामो पूजापाठ गरी १० बजे समाप्त भएको थियो। चासोक तङ्नाम (न्वागी पूजा) अन्नबाली पाकेपछि घर भित्र्याउनु अघि अन्नबाली भूमिबाट पाकेको र आउने सालमा पनि यसरी नै फलाएर हाम्रो भोक टरोस भनि घर भित्र्याउनु र आफुले खानु अघि अन्नदिने भूमि र देवताहरुलाई चोखो चढाइने गरिएको हो । 
कार्यक्रमको दोस्रो चरण अतिथिको आसन ग्रहण गरी प्रमुख अतिथि उपस्थित मध्येको वृद्ध आमा बिष्णु कुमारी लिम्बु र केवाईसी युकेका वर्तमान अध्यक्ष काजीमान याक्सोले दिप प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो। सोही क्रममा कार्यक्रममा आउनु भएको आगन्तुक सबैलाई स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष दिलसिङ् मेन्याङ्बोले दिएका थिए ।
मनोरञ्जन सम्योजक पूर्ण साउदेन र महेश्वरी नेम्बाङको पहलमा के–लाङ नृत्य प्रस्तुत गरिएको थियो। के–लाङ सँगसँगै पुजारीलाई पनि कार्यक्रमहलमा स–सम्मान भित्र्याइएको थियो।
यसै कार्यक्रमको अवसर पारी संस्थाका नयाँ संरक्षक सदस्यहरुलाई प्रमाण–पत्र र अफगानको लडाईमा परि आफ्नो खुट्टा गुमेपनि विभिन्न दौडमा प्रथम भई गोर्खाको इज्जत बढाउने कुशल लिम्बुलाई सम्मान–पत्र प्रदान गरिएको थियो।
किरात याक्थुङ चुम्लुङको नाममा सन् २००० बाट विभिन्न ठाउँमा वर्ष वर्षमा कार्यक्रम सञ्चालन हुँदै आएपनि सन् २००३ बाट मात्र चासोक तङनामले औपचारिक रुप लिएको हो। त्यही समयदेखि माङहिम बनाउने प्रस्तावलाई अघि बढाउनको लागी के–कसरी कोष बढउने र किन आवस्यक छ भनि चुम्लुङहिम खरिद सम्योजनका कोषाध्यक्ष तिलविक्रम सम्बाहाङफेले पुनःस्मरण गराए ।
संस्थाका अध्यक्ष काजीमान याक्सोले बेलायतको ब्यस्त समयमा पनि यस कार्यक्रममा सहभागी जनाई कार्यक्रम सफल भएको र चुम्लुङहिम खरिद बारे अझ थप प्रकाश पार्दै कार्यक्रमलाई समाप्त भएको जानकारी गराएपछि खानपान र मनोरञ्जन कार्यक्रम रहेको थियो। बिहान ९ बजे बाट शुरु भएर साँझ ६ बजे सम्म चलेको उक्त कार्यक्रम संस्थाका महासचिव खगेन्द्र लावती, सह–सचिव मान तबेबुङ, सह–सचिव महेश वनेमले पालैपालो संञ्चालन गरेका थिए । 
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य