काठमाडौं- टोकियो ओलम्पिक– २०२० को तयारीका लागि जुडो खेलाडी फुपुल्हामु खत्री आइतबार जापान प्रस्थान गरेकी छन् । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपु २ वर्ष ३ महिनाका लागि जापान गएकी हुन् ।
त्यहाँ रहँदा फुपुले टोयामोस्थित टकाउका युनिभर्सिटी अफ लमा आफ्नो तयारी प्रशिक्षणका साथै अध्ययनलाई पनि निरन्तरता दिने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । अध्यक्ष वज्राचार्यले जापानको तयारीबाट फुपुले छनोट भएर ओलम्पिक खेल्ने विश्वास व्यक्त गर्दै मनीता श्रेष्ठ प्रधानलाई पनि ओलम्पिककै तयारीका लागि एसियाली खेलकुदपछि जापान पठाउने तयारी भइरहेको बताए ।
सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फुपुलाई बिदाइ गर्दै ठूलो प्रतियोगिता सुरु हुन २-३ महिना बाँकी छँदा गरिने तयारीको परम्परा अन्त्य गर्नु पर्नेमा जोड दिंदै वाइल्ड कार्ड मार्फत नभइ छनोट भएर ओलम्पिक खेल्ने खेलाडीबाट मात्र पदकको आशा गर्न सकिने धारणा व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले चाँडै नै टोकियो ओलम्पिक तयारीको अन्य विषयमा जानकारी गराउने बताउदै सरोकारवाला र सरकारको सहयोगमा विगतको जस्तो नेपालको अन्तर्राष्ट्रिय सहभागितालाई सहभागितामा मात्र नभइ परिणाममुखी बनाउनेतर्फ ओलम्पिक कमिटी अग्रसर हुने बताए ।
१२ औं साग स्वर्णधारी एवं रियो ओलम्पिकमा सहभागिता जनाइसकेकी फुपुले जापानमा तयारीको अवसर पाउदाँ निकै उत्साहित भएको बताउदै अवसरलाई सदुपयोग गर्नेतर्फ ध्यान केन्द्रीत गर्ने बताइन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता