सोल, १६ वैशाख – उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ ।
मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट अधिकारीले बताएका छन् ।
सो जानकारी उहाँले हालैमात्र भएको दक्षिण कोरियाली राष्ट्रपतिसँगको भेटवार्ताका क्रममा दिएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाई-इनका सल्लाहकार युन योङ चानले बताउनुभएको हो ।
गत शुक्रबार भएको मुन र उनबीचको वार्ताका क्रममा कोरियाली नेता उनले सो जानकारी दिनुभएको प्रवक्ता चानले बताउनुभयो ।
प्रवक्ता चानका अनुसार उत्तर कोरियाली नेता उनले मे महिनामा राकिने सो आणविक कार्यक्रमको पर्यवेक्षणका लागि उहाँले अमेरिकी विज्ञलाई पनि आमन्त्रण गरिने बताउनुभएको थियो ।
आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग केही हप्तापछि वार्ता गर्ने भनी दिएको जानकारीसँगै दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबाट यो भनाइ आएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी