काठमाडौँ- नेपाल भारत पारवहन तथा व्यापार सम्झौतालाई समयानकूल बनाउन दुई देशको वाणिज्य सचिवस्तरीय बैठक सम्पन्न भएको छ ।
बैठकमा व्यापार र पारवहनसँग सम्बन्धित विषयलाई छलफल तथा पुनरावलोकन गर्ने विषयमा सहमति भएको छ । सो बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतका तर्फबाट रीता तोतियाले नेतृत्व गरेकी थिइन् ।
बैठकमा दुई देशबीचको व्यापार विस्तार, सहजीकरण तथा लगानीका विविध आयामका बारेमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यही वैशाख १३ र १४ गते काठमाडौँमा भएको दुई देशको सचिवस्तरीय बैठकमा सन् २०१८ को जुलाईमा दुई देशबीचको वाणिज्य सन्धिको पुनरावलोकन गर्ने गरी बैठकको आयोजना गर्न सहमतिसमेत भएको छ । वाणिज्य सन्धि सन् २००९ मा पुनरावलोकन भएको थियो ।
बैठकमा दुई देशको सीमा क्षेत्रमा रहेका भन्सारविन्दुमा भौतिक पूर्वाधारको निर्माण, सहज आवागमन तथा व्यापार व्यवसायमा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो । यस्तै दुई देशबीच उद्योगी तथा व्यवसायीबीच व्यापारिक सम्बन्ध स्थापनाका लागि समेत पहल गर्ने सहमति भएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी