लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटी, नेप्लिज डक्टर एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोसिएसन यूकेको संयुक्त प्रयासमा स्वास्थ्य सचेतना तथा शिविर सम्पन्न भएको छ ।
तीन चरणमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन काउन्सिल लिडर डेभिड क्लीफोर्ड, काउन्सिलर आलेक्स क्राफोर्ड, बाबरा हस्र्ट, डक्टर्स एसोसिएसन अध्यक्ष डा. सविन जोशी, नर्सिङ एसोसिएसन अध्यक्ष प्रसुना कंडेल र जिआरएनसी अध्यक्ष जीव बेलबासेले संयुक्त रुपमा गरेका थिए ।
एनडिए महासचिव डा. कमल अर्यालद्वारा संचालित कार्यक्रममा जीव बेलबासेले स्वागत मन्तव्य दिएका थिए भने डेभिड क्लीफोर्ड, आलेक्स क्राफोर्ड र प्रसुना कंडेलले कार्यक्रमका विषयमा बोलेका थिए ।
डा. सविन जोशीको धन्यवाद मन्तव्य एवं पहिलो चरणको समापन पश्चात डा. प्रज्वल घिमिरे र नर्सिङ एसोसिएसन उपाध्यक्ष बिनोदबिकास सिम्खडाले स्वास्थ्य शिक्षा र जागरुकता सम्बन्धि कार्यक्रम सञ्चालन गरे भने कार्यक्रमको लक्ष्यबारे डा. कमल अर्याल, मधुमेहबारे डा. संकल्प न्यौपाने, उच्च रक्त चाप अनि पक्षघातबारे कोषाध्यक्ष गंगा साम्पाङ र सुनिता गौतम, फोक्सो अनि छाती समस्याबारे डा. सुधीर लोहनी, दांतको समस्या सम्बन्धमा डा. रचयिता पन्त र बिनु लामिछाने, मानसिक स्वास्थ्यबारे डा. अरुण झा, महिलाहरुको क्यान्सरबारे डा. बिना सुब्बा, एनएचएस र यसको प्रयोगबारे डा. भिछ्यान राईले प्रिजेन्टेसन दिए भने डा. राघवप्रसाद धितालले कार्यक्रमको निचोड सहित दोश्रो चरणको कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमको तेश्रो चरणमा स्वास्थ्य जांच गरियो । नौ वटा टेबलमा उच्च रक्तचाप, मधुमेह, फोक्सो अनि छाती समस्या, मानसिक स्वास्थ्य लगायत विविध परिक्षण गरि लिखित सुझाव सहभागीलाई दिइएको थियो ।
कार्यक्रमको अन्त्यमा एनएनए यूके अध्यक्ष प्रसुना कंडेलले जि आरएनसी, एनडिए लगायत सबैलाई धन्यवाद दिइन् भने जिआर एनसी अध्यक्ष जीव बेल्बासेले एनडिए यूके अध्यक्ष डा. सविन जोशी र एनडिए टिम, एनएनए यूके टिम र ग्रेटर रशमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष ओम थापा र उनकी पत्नी पार्वती थापा, कोषाध्यक्ष टोप पल्ली, शेष पल्ली, सल्लाहकार क्याप्टेन बीर थापा, क्याप्टेन हरि थापा, क्याप्टेन विष्णु श्रेष्ठ, क्याप्टेन केशर राना र डब्लु टु वुद्धि गुरुङलाई धन्यवाद दिए ।
बेल्वासेले सल्लाहकार खाना उपलव्ध गराउने फडकजित गुरुङ, प्रायोजन गर्ने एनडिए महासचिव डा. कमल अर्याललाई धन्यवाद दिंदै आगामी कार्यक्रममा नेपाली मात्र नभई कम्तीमा २५ प्रतिशत स्थानीय समुदायका मानिसलाई समेत सहभागी गराउने वाचा गरेका थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित