लन्डन । नेपालकी एकजना आइकन लेडी खुश्वु ओलीले लन्डनमा पिएचडी गर्ने भएकी छन् । उनी निकट श्रोतका अनुसार, खुश्वुले ‘सोर्स बीहाइन्ड द राइज अफ मुश्लिम एक्स्ट्रिजम इन मिडिल इष्ट’ टपिकमा पिएचडी गर्ने सोच बनाएकी हुन् । यसअघि मास्टर्स गरेको युनिभर्सिटी अफ अक्सफोर्डबाटै पिएचडी गर्ने भनेर उनले प्राध्यापकहरुसंग छलफल गरिरहेको जनाइएको छ । उनले आगामी जनवरी इन्टेकबाट छात्रवृत्तिमै पढ्ने योजना बनाइरहेको श्रोतले उल्लेख गरेको छ ।
यसअघि ‘इन्टरनेशनल कन्फ्लिक्ट’ मा एमएससी गरेकाले आफ्नो पिएचडी विषय मिल्दोजुल्दो र जोखिमयुक्त रहेको खुश्वुले आफन्तसंग बताएकी छन् । ‘करिअर वाइज’ उक्त विषय उपयुक्त हुने भएर खुश्वुले जोखिम मोल्न लागेकी हुन् ।
मनिटरिङ एण्ड इभ्यालुएसन एनालिष्टका रुपमा फ्रिल्यान्सिङ काम गरिरहेकी उनले पिस एण्ड कोर्प्स लगायत कयौं प्रोजेक्ट सम्हालिरहेकी छन् ।
पिएचडी गर्ने उद्देश्यबाहेक आफ्नो आश्रममा रहेका वालवालिकालाई ‘स्ट्रिट चाइल्ड वर्ल्डकप’ मा सहभागिताका लागि नाम दर्ता गराउन लन्डन आएकी खुश्वुले ‘सेल्टर’ नामक वाल आश्रम चलाइरहेकी छन् । ५ देखि १८ वर्षका करिब पैंतिस असहाय वालवालिका छन् आश्रममा । आश्रमको नाम २०१४ बाटै सेल्टर परिवर्तन भएको हो । यसअघि ह्युमन वेलफेयर ग्रुप छंदा उपाध्यक्ष भएर काम गरेकी उनले मासिक करिब तीन लाख रुपैयां खर्च आफ्नै पकेटबाट धानिरहेको श्रोतले उल्लेख गरेको छ । उनका ४ छोरा र एक छोरी धर्मपुत्र पुत्रीका रुपमा छन् ।
सन् २००० मा काठमाण्डौ जेसिस्ले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’ भएकी उनी सन् २००६ मा मिस टिन भएपछि मिडियामा छाइन् । समाज सेवा गर्ने माध्मकै लागि मिस टिनमा सहभागिता जनाएकी खुश्वुले मिल्ने साथीहरुको आग्रहमा तीनवटा म्यूजिक भिडियो पनि गरेकी छिन् ।
उनले भविष्यमा राजनीति गर्ने सोच बनाएको श्रोतको भनाइ छ । तर, नेपालको राजनीतिक अस्थिरता अनि नेताहरुमा पदलोलुपता प्रवृत्तिले सजिलै युवाहरुले अवसर पाउन सहज नहुने उनको बुझाइ छ । उनलाई नजिकबाट नियाल्नेले उनी एउटा प्रेरणाको श्रोत र उनको ‘पोर्टफोलियो’ धेरैका लागि अनुशरणयोग्य समेत भएको
ठान्छन् ।
क्षमायाचना
यसअघि २५ कात्तिकमा वीनेपालीमा ‘भिसा नथपिएपछि नेपाल फर्किन् खुश्वु’ शीर्षकमा प्रकाशित समाचारले खुश्वुको पारिवारिक, करिअर तथा व्यक्तिगत जीवनमा पर्न गएको असुविधाप्रति हामी दुःखी छौं । समाचार श्रोतको असावधानीले समाचारका कतिपय अंश असत्य हुन गएकामा हामी क्षमायाचना गर्दछौं । (सं)
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]