
वासिङटन, संयुक्त राज्य अमेरिका, १५ वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ ।
ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भन्नुभयो, “दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भैरहेको छ ।”
जारी वार्ताका बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको ट्रम्पले बताउनुभयो ।
मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रबार भेटवार्ता गरी स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने बिषयमा सहमति गर्नुभएको थियो ।
दुई कोरियाली मुलुकमा सन् १९५० मा शुरू भउको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुनसकेको छैन ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी