वासिङ्टन, संयुक्त राज्य अमेरिका, १३ वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको जनाउनुभएको छ ।
अमेरिकी नेता ट्रम्पले यस पहिले उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरूबीच शुक्रबार हुने वार्ताको केही हप्ताभित्र अर्थात् आगामी मे महिनाको अन्त्य वा जुन महिनाको शुरूमा आफूहरू (ट्रम्प र किम) को भेटवार्ता हुने बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा भन्नुभयो, “हामीले अझै शिखर सम्मेलनका लागि मिति निर्णय गर्न बाँकी छ । हामीसँग तीन वा चार सम्भावित मितिका बारेमा छलफल भइरहेको छ र वार्ताका लागि विभिन्न पाँच स्थान निर्धारण गरिने छ । यो सम्भवतः नजिक ल्याइने छ ।”
कोरियाली प्रायदीपमा देखिएको सङ्कट समाधानका लागि उत्तर कोरियाली तथा दक्षिण कोरियाली अधिकारीको विभिन्न चरणको छलफल पछि विश्व समुदायको चासोको बिषय बनेको उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणको कार्यक्रम रोकिएको छ ।
ट्रम्पले भन्नुभयो, “कसले जानोस छलफल शुरू हुँदासाथ म बाहिरिने छु वा बैठक नै हुनेछैन । उनीहरू (कोरियालीहरू) अहिले भेट्न चाहेका छन् र सम्भवत कुराकानी हुनेछ ।”
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी