जोधपुर, भारत, १२ वैशाख – उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उहाँकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुनाउनु भएको हो ।
ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न रहेको भनी दिएको फैसलाको एक बर्ष नपुग्दै भारतीय अर्को अदालतले आशारामलाई पनि दोषी ठहर गरेको छ ।
आशारामसँगै उक्त मुद्दामा आरोपित चार जनामध्ये दुई सहयोगी सिल्पी र शरदलाई पनि उक्त घटनामा अदालतले दोषी ठहर गरेको छ भने अन्य दुईजना प्रकाश र शिवलाई निर्दोष भनी सफाई दिएको छ ।
विशेष अदालतको फैसला अनुसार आशारामले न्युनतम १० बर्षको जेल सजाय भोग्नुपर्नेछ ।
साबरमती नदी किनारमा एउटा कुटीबाट आफ्नो धार्मिक अभियान शुरु गरेका आशारामका विश्वभर ४०० आश्रम र करिब दश हजार करोड धार्मिक अनुयायी रहेको आशाराममार्गीहरूको दावी छ ।
यसैबीच अदालतमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशङ्का गर्दै न्यायाधीशले लगभग पाँच वर्षदेखि आशारामलाई बन्दी अवस्थामा राखिएको एउटा जेलमा उक्त फैसला सुनाएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एउटा सुरक्षा कारबाहीपछि सन् २०१३ मा उनलाई गिरफ्तार गरिएको थियो । उक्त समयमा सो नाटकीय घटनाक्रमलाई अविश्वास गर्दै उनका समर्थकले प्रदर्शनहरू गरेका थिए ।
पीडित बालिकाको परिवारको आशारामप्रति ठूलो भक्ति रहेको र उनले आशारामले सञ्चालन गर्ने आवासीय विद्यालयमा पढ्ने गर्थिन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी