
बङगलादेशको राजधानी ढाकाबाट चारदेशीय यातायात सञ्चालनको परीक्षणका लागि बुधबार नेपालको काँकडभिट्टा आइपुगेका यात्रुवाहक बस । बङगलादेश, भूटान, भारत र नेपालबीच बस सेवा सञ्चालनसम्बन्धी सम्झौता भएपछि ढाकाबाट भारतको सिलगढी हुँदै बङगलादेशको श्यामोली परिवहनका दुई वटा बस नेपाल आइपुगेका हुन । तस्बिर – चन्द्रकला भण्डारी, झापा, रासस
काँकडभिट्टा, १२ वैशाख – नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ ।
बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए । सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस नेपाल प्रवेश गरेका हुन् ।
मेचीनगरका नगरप्रमुख विमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल, नेपाल बंगलादेश च्याम्बर अफ कमर्सका अध्यक्ष पन्नालाल जैनलगायतले मेची पुलमै पुगेर बसमा आएका बंगलादेश र भारतका उच्च अधिकारीलाई स्वागत गर्नुभएको छ ।
चार देशबीच सीधा यातायात सेवा सञ्चालन गर्ने सम्बन्धी ती देशबीच हालै सम्झौता भएपछि पहिलोपल्ट यसरी ढाकाबाट यात्रु बोकेर परीक्षण सेवाका लागि बस आएका हुन् ।
बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिद अहमद भूइयनको नेतृत्वमा ८० जनाको टोली रहेको छ । टोलीमा नेपाली सदस्यको नेतृत्व भौतिक योजना तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर गोविन्दप्रसाद खरेलले गर्नुभएको छ ।
यसैगरी भारतीय टोलीको नेतृत्व भारतीय यातायात मन्त्रालयका उच्च अधिकारी अमित मञ्जलले गर्नुभएको छ । ढाकाबाट बस चढेर आउनुभएका सम्पूर्ण पाहुनालाई काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको हलमा स्वागत गरिएको थियो ।
काँकडभिट्टामा केहीबेर अध्यागमनसम्बन्धी प्रक्रिया पूरा गरी टोली ती बससँगै काठमाडौँतर्फ प्रस्थान गरेको छ । आज साँझ चितवनको सौराहामा टोलीले बास बस्ने र त्यहाँ नेपाल सरकारको तर्फबाट विशेष कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै