सोल, १२ वैशाख – उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्नुहुने भएको छ ।
ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा अगाडी मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गर्नु भएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक जना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने यकिन भइसकेको छैन ।
मे महिनाको मध्यतिर हुनसक्ने भ्रमणका बारेमा केही दिनमा मिति तय हुने ती अधिकारीले बताएका छन् ।
उत्तर कोरियाका नेता किमसँग भने मुनले आउदो शुक्रबार उत्तरसँगको सिमानामा पर्ने दक्षिणकै भू–भागमा पर्ने गाउँ पान्मुन्जोममा भेट्ने कार्यक्रम रहेको छ ।
त्यस लगत्तै किमसँग ट्रम्पले पनि भेट्ने संभावना रहेको यसअघि नै ट्रम्पले बताइसक्नु भएको थियो । ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्यतिर वा जुन महिनाको सुरुतिर हुनसक्ने बताइएको छ ।
अव यी दुई शिर्ष भेटवार्ताको बीचमा अर्को भेटवार्ता ट्रम्प र मुनको हुन लागेको हो । ट्रम्प र किमको भेटवार्तालाई फलदायी बनाउन समन्वय गरिदिने उद्देश्यले मुनले ट्रम्पसँग भेट्न लाग्नु भएको दक्षिण कोरियाली पक्षको भनाइ छ ।
दुई कोरियाको शिखर सम्मेलनका आधारमा उत्तर कोरिया र अमेरिकाको सम्वन्ध तय हुने जानकार बताउछन् ।
ट्रम्पसँग मुनको भेटवार्ता तय गर्न मुनका मूख्य सुरक्षा सल्लाहकार चुङ इयोङले अमेरिकी आफना समकक्षी जोन बोल्टोनसँग वासिङटनमा भेतवार्ता गर्नुभएको छ ।
उहाँहरुकाबीचमा सकारात्मक र उत्साहजनक छलफल भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी