बैंकक, ११ वैशाख – थाइल्याण्डले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनलाई दुई पक्षीय वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने इच्छा व्यक्त गरेको छ ।
आफ्नो देशले उहाँहरुको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सवै व्यवस्था गर्न तयार रहेको थाइल्याण्डले मङ्गलबार जनाएको छ ।
थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले पत्रकारसँग भन्नुभयो, “त्यो वार्ताका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न थाइल्याण्ड तयार छ ।” अमेरिकी दूतावासले भने अहिलेसम्म यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
उत्तर कोरियाका नेता किमले आउदो शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्ने तयारी भइरहेको छ । त्यो शिखर वार्तापछि ट्रम्पसँगको शिखर वार्ताका बारेमा केही निर्णय हुनसक्ने बताइएको छ ।
राष्ट्रपति ट्रम्पले नेता किमसँग आउदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताउनुभएको थियो । वार्ता उपलब्धिमुलक नहुने देखिए बीचमै छाड्ने बताउदै उहाँले वार्तालाई उपलब्धिमुलक बनाउन सर्तहरु पनि राख्नुभएको थियो । तर उहाँले कुन ठाउँमा कुन दिन हुने भन्ने बारेमा भने केही बताउनुभएको थिएन ।
थाइल्याण्ड अमेरिकाको ऐतिहासिक कुटनीतिक सम्वन्ध भएको मुलुक हो भने उत्तर कोरियासँग पनि कुटनीतिक सम्वन्ध छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी