लण्डन- बेलायती राजकुमार विलियम्स र केटलाई पुत्रलाभ भएको छ । बेलायतको राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकुमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
‘डचेस अफ क्याम्ब्रिज’ (केट) लाई सोमवार बिहानै अस्पताल लगिएको थियो । स्थानीय समय अनुसार बिहान ११ बजेर १ मिनेटको समयमा आफ्नो तेस्रो सन्तानका रूपमा केटबाट पुत्रलाभ भएको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतको केन्सिङ्टन प्यालेसले शिशुको तौल ३.८ किलोग्राम रहेको र नवशिशु र आमा दुवै स्वस्थ रहेको जनाएको छ ।
नयाँ शिशु ब्रिटिश राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा रहनुहुनेछ ।
गएको जुलाई २०१३ मा राजकुमार विलियम तथा राजकुमारी केटको पहिलो सन्तानको रूपमा नवराजकुमार जर्जको जन्म भएको थियो भने त्यसको दुई वर्षपछि मे २०१५ मा दोस्रो सन्तानको रूपमा नवराजकुमारी शार्लटको जन्म भएको थियो ।
राजपरिवारमा नयाँ सदस्यको जन्मभएको खबरले बेलायती नागरिक हर्षित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजकुमारी केटलाई राखिएको लन्डनको सेन्ट मेरिज अस्पतालबाहिर सर्वसाधारण तथा सञ्चारकर्मीहरूको ठूलो उपस्थिति थियो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक