
जेनेभा, १० वैशाख – संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले पछिल्लो समय युद्धमा आणविक हतियार प्रयोगको खतरा बढ्दो देखिएको बताउनुभएको छ ।
राष्ट्रसंघका परमाणु प्रसार निरोध सन्धि संगठनका उच्च अधिकारी इजुमी नाकामिसुले आणविक हतियार आजको विश्वमा आवश्यक रहेको भन्ने भनाइप्रति विमति राख्दै भन्नुभयो, “चाहेर वा नचाहेर पनि आणविक हतियार प्रयोगको खतरा बढ्दो छ ।”
आणविक प्रसार निरोध सम्झौताको प्रारम्भिक समीक्षा बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘आणविक हतियारको आवश्यकता र उपयोगिता रहेको भन्ने दावीहरू बढ्न थालेका छन् जसले आणविक हतियारको प्रयोगको खतरालाई थपिदिएको छ ।’
विश्वका नौ आणविक राष्ट्रहरूमध्ये बेलायत, चीन, फ्रान्स, रूस र संयुक्त राज्य अमेरिका गरी पाँच राष्ट्र परमाणु प्रसार निरोध सन्धि संगठनका सदस्य रहेका छन् । तर उनीहरूको सन्धिप्रतिको प्रतिवद्धताका बाबजुद पनि ती सवै राष्ट्रहरू आफ्ना आणविक तथा अन्य हतियारलाई आधुनिक बनाउन विभिन्न बहानामा उद्दत रहेका पाइन्छन् ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान