सोल, दक्षिण कोरिया, ८ वैशाख – दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षण रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’ को बाटो भएको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रेस सेक्रेटरी यू योङ चानले शनिबार एक विज्ञप्ति जारी गरी ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षण रोक्ने घोषणाको स्वागत गरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “उत्तर कोरियाको निर्णय कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने बिषयमा भएको सार्थक प्रगति हो । यो सम्पूर्ण विश्व समुदायको चाहाना थियो ।”
“यसले अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीच निकट भविष्यमा हुने भनिएको निशस्त्रीकरणको कदमका लागि सकारात्मक सन्देश दिनेछ, ” यूले भन्नुभयो ।
दक्षिण कोरियाले अन्तर कोरियाली शिखर सम्मेलनमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण र स्थायी शान्ति स्थापना गराउनका लागि सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयको यो भनाई उत्तर कोरियाली उच्च नेता किम जङ अनले वर्कर्स पार्टी अफ कोरियाको सातौ केन्द्रीय समितिको तेस्रो बिस्तृत बैठकका अवसरमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता नदिने घोषणापछि आएको हो ।
पार्टीको बैठक शुक्रबार भएको थियो तर बैठकको निर्णयलाई कोरियाली केन्द्रीय न्यूज एजेन्सीले शनिबार बाहिर ल्याएको हो । उत्तर कोरियाली उच्च नेता किम जङ अनले वर्कर्स पार्टी अफ कोरियाको सातौ केन्द्रीय समितिको तेस्रो बिस्तृत बैठकका अवसरमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता नदिने घोषणा शुक्रबार गर्नुभएको थियो ।
पार्टीको शुक्रबार बसेको बैठकका अवसरमा नेता किमले उक्त घोषणा गर्नुभएको कोरियाली केन्द्रीय न्यूज एजेन्सीले शनिबार जनाएको छ ।
किमको घोषणा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँग कोरियाली सीमाक्षेत्रमा रहेको पानमुनजोम गाउँमा हुँने पहिलो शिखर सम्मेलनको समयभन्दा ठीक एक हप्ता अगाडी आएको छ ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण