सोल, दक्षिण कोरिया, ८ वैशाख – दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षण रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’ को बाटो भएको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रेस सेक्रेटरी यू योङ चानले शनिबार एक विज्ञप्ति जारी गरी ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षण रोक्ने घोषणाको स्वागत गरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “उत्तर कोरियाको निर्णय कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने बिषयमा भएको सार्थक प्रगति हो । यो सम्पूर्ण विश्व समुदायको चाहाना थियो ।”
“यसले अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीच निकट भविष्यमा हुने भनिएको निशस्त्रीकरणको कदमका लागि सकारात्मक सन्देश दिनेछ, ” यूले भन्नुभयो ।
दक्षिण कोरियाले अन्तर कोरियाली शिखर सम्मेलनमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण र स्थायी शान्ति स्थापना गराउनका लागि सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयको यो भनाई उत्तर कोरियाली उच्च नेता किम जङ अनले वर्कर्स पार्टी अफ कोरियाको सातौ केन्द्रीय समितिको तेस्रो बिस्तृत बैठकका अवसरमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता नदिने घोषणापछि आएको हो ।
पार्टीको बैठक शुक्रबार भएको थियो तर बैठकको निर्णयलाई कोरियाली केन्द्रीय न्यूज एजेन्सीले शनिबार बाहिर ल्याएको हो । उत्तर कोरियाली उच्च नेता किम जङ अनले वर्कर्स पार्टी अफ कोरियाको सातौ केन्द्रीय समितिको तेस्रो बिस्तृत बैठकका अवसरमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता नदिने घोषणा शुक्रबार गर्नुभएको थियो ।
पार्टीको शुक्रबार बसेको बैठकका अवसरमा नेता किमले उक्त घोषणा गर्नुभएको कोरियाली केन्द्रीय न्यूज एजेन्सीले शनिबार जनाएको छ ।
किमको घोषणा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँग कोरियाली सीमाक्षेत्रमा रहेको पानमुनजोम गाउँमा हुँने पहिलो शिखर सम्मेलनको समयभन्दा ठीक एक हप्ता अगाडी आएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने