लन्डन । नेपालका सुप्रसिद्ध, सुस्थापित तथा विशिष्ट गायक प्रेमध्वज प्रधानलाई वि.सं.२०७५ सालको वसुन्धराश्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको विशेष बैठकले गायक प्रधानलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उत्कृष्ट, श्रवणीय र कालजयी आधुनिक नेपाली गीतहरुको गायनद्वारा आधुनिक नेपाली भाषालाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली वाङमयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरि विश्व समुदायमा नेपाल र नेपाली वांग्मयको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न जिन्दगी अर्पण गरेको उल्लेख छ ।
त्यसैगरि, बैठकले लोकप्रिय गायक भक्तराज आचार्यलाई वि.सं. २०७५ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय समेत गरेको छ ।
उत्कृष्ट, स्तरिय र लोकप्रिय आधुनिक नेपाली गीतहरुको गायनद्वारा नेपाली संगीतलाई श्रवणीय, समुन्नत र व्यापक बनाइ नेपाली वाङमयको विकासमा महत्वपूर्ण योगदानका साथ नेपाली संगीतमा आफ्नो अलग्गै र विशिष्ट स्थान, पहिचान र वैशिस्ट्य कायम गरेकामा आचार्यलाई मानश्री पुरस्कार दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
वि.सं. १९९५ साल जेठ २४ गते जन्मिएका प्रधानले सातसय भन्दा बढि गीत गाउनुका साथै माइतीघर, जीवनरेखा, मायालु, अन्याय, शान्तिदीप, फेरि भेटौंला र बदलिंदो आकाशजस्ता नेपाली चलचित्रमा पाश्र्वगायन समेत गरेका छन् ।
वि.सं. २००९ देखि गायन क्षेत्रमा प्रवेश गरेका प्रधान ६५ वर्ष लामो संगीत यात्रामा नेपाली आधुनिक संगीतको उच्च शिखरका रुपमा सम्मानित छन् ।
वि.सं. १९९९ साल असोज १६ गते धनकुटामा जन्मिएका आचार्यले ५ सय भन्दा बढि आधुनिक नेपाली गीत, राष्ट्रिय गीत र भजन गाएका छन् । वि.सं. २०३० सालदेखि संगीत क्षेत्रमा प्रवेश गरेका आचार्य ४४ वर्ष लामो संगीत यात्रामा एक उज्जवल नक्षत्रका रुपमा सुस्थापित भएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि वसुन्धराश्री पुरस्कार कविवर माधवप्रसाद घिमिरे, वरिष्ठ उपन्यासकार दौलतविक्रम बिष्ट, वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल गोठाले, वरिष्ठ समालोचक यदुनाथ खनाल, वरिष्ठ आख्यानकार मदनमणी दीक्षित, वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा, वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई, वरिष्ठ कवि मोहन कोइराला, वरिष्ठ संस्कृतिवीद सत्यमोहन जोशी, वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान, वरिष्ठ कवि वैरागी काईंला, वरिष्ठ कवि धर्मराज थापा, वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठी, वरिष्ठ चित्रकार शशी शाह, वरिष्ठ कलाकार हरिप्रसाद रिमाल, वरिष्ठ संगीतकार अम्बर गुरुङ, वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री र वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिसकिएको छ ।
त्यसैगरि, प्रतिष्ठानले यसअघि मानश्री पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारी, साहित्यकार विनय रावल, नाटककार अशेष मल्ल, गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार मञ्जुल, कथाकार मधुवन पौडेल, कवि विष्णुविभु घिमिरे, कवि कृष्ण भूषण बल, कथाकार श्रीमति भुवन ढुंगाना, कथाकार सनत रेग्मी, कवि तथा गजलकार विजय बजिमय, समालोचक डा. रामदयाल राकेश, कथाकार वेञ्जु शर्मा, चित्रकार किरण मानन्धर, कलाकार नीर शाह, गायक दीप श्रेष्ठ, साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ र साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपालीलाई प्रदान गरिसकेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण