पेन्गुइन, ८ वैशाख – उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ । विश्वकै लागि ठूलो तनावको विषय रहेको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङ उनले बताउनु भएको छ ।
सत्तारुढ दलको एउटा विषेश बैठकमा नेता उनले शुक्रबार यस्तो घोषणा गरेको कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।
उहाँको यो घोषणासँगै दक्षिण कोरिया र अमेरिकासँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।
नेता उनले आउदो साता दक्षिण कोरियाका राष्ट्रपतिसँग र त्यसपछि आउदो जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
दुवै देशसँगको वार्ताको तयारी भईरहेका बेला उत्तर कोरियाको तिव्र परिवर्तनका खवरहरु सार्वजनिक भईरहेका छन् । शान्ति र आर्थिक वृद्धिका लागि आफ्नो देशले आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गर्ने निर्णय लिएको नेता उनले बताउनु भएको छ ।
क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने उनको घोषणालाई अन्य देशका नेताहरुले स्वागतयोग्य कदम भएको भन्दै प्रशंसा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “यो उत्तर कोरिया र विश्वकै लागि अत्यन्त खुशीको खबर हो ।”
ट्रम्पले यसलाई ठूलो उपलब्धिको रुपमा पनि व्याख्या गर्नु भएको छ । उहाँले उनसँगको आफ्नो भेटवार्ता पनि फलदायी हुने संभावना बढेको बताउनु भएको सञ्चार माध्यमहरुले लेखेका छन् ।
ट्रम्पले केही दिन अगाडि आगामी मे वा जुनमा उनसँग भेटवार्ता गर्ने तयारी भईरहेको जानकारी दिनुभएको थियो ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण