
नयाँदिल्ली, ५ वैशाख – वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मिनीट्रक मध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो ।
घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ, घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले बताएका छन् ।
सरकारी अधिकारीहरुले उद्धार कार्य सम्पन्न भएको जनाएका छन् । मध्ये प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकम समेत घोषणा गर्नुभयो ।
दुर्घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिनुभएको छ ।
भारतमा यस्ता दुर्घटनाका घटना धेरै हुने गरेको र दुर्घटनाका कारण सयौँको मृत्यु हुने गरेको छ । भारत अत्यधिक मात्रामा सवारी दुर्घटना हुने देशहरुमध्येमा अग्रस्थानमा पर्छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी