वासिङ्टन, अमेरिका, ५ वैशाख – अमेरिकी गुप्तचर निकाय (सिआइए) प्रमुख र उत्तर कोरियाली नेता किम जङ अनबीच भेटवार्ता भएको छ ।
बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टवीट्र सन्देशमा सिआइए प्रमुख माइक पोम्पेओ र नेता किमबीच भेटवार्ता भएको जनाइएको छ ।
उहाँहरूबीच उत्तरपूर्वी एसियाली मुलुकमा एक हप्ता पहिले गोप्य भेट भएको राष्ट्रपति ट्रम्पको ट्वीटर सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ, “गत हप्ता माइक पोम्पेआले उत्तर कोरियाली नेता भेट्नुभएको छ । दुई अधिकारीबीच भएको भेटमा दुई मुलुकबीचका असमझदारीलाई हटाउने बिषयमा कुराकानी भएको भेट सकारात्मक छ ।” भेट दुईदेशबीचको सम्बन्ध सुधारका लागि उपयोगी भएको अमेरिकी राष्ट्रपतिको भनाई छ ।
कोरियाली प्रायदीपमा देखिदै आएको विवाद तथा उत्तर कोरियाले गरेको आणविक हतियार परीक्षणले लिएको तनावपूर्ण अवस्थामा केही समय पहिले दक्षिण कोरियामा भएको शीत ओलम्पिक खेलमा प्योङयाङले सहभागिता जनाउने एक्कासी निर्णय आएपछि क्रमशः सुधारका सङ्केत देखिएका छन् ।
नेपाल पत्रकार महासङ्घले निकाल्यो काठमाडौंमा ऐक्यबद्धता र्याली
नेपालमा राजनीतिक नियुक्ति पाएका एकमुष्ट पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल