वासिङ्टन, अमेरिका, ५ वैशाख – अमेरिकी गुप्तचर निकाय (सिआइए) प्रमुख र उत्तर कोरियाली नेता किम जङ अनबीच भेटवार्ता भएको छ ।
बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टवीट्र सन्देशमा सिआइए प्रमुख माइक पोम्पेओ र नेता किमबीच भेटवार्ता भएको जनाइएको छ ।
उहाँहरूबीच उत्तरपूर्वी एसियाली मुलुकमा एक हप्ता पहिले गोप्य भेट भएको राष्ट्रपति ट्रम्पको ट्वीटर सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ, “गत हप्ता माइक पोम्पेआले उत्तर कोरियाली नेता भेट्नुभएको छ । दुई अधिकारीबीच भएको भेटमा दुई मुलुकबीचका असमझदारीलाई हटाउने बिषयमा कुराकानी भएको भेट सकारात्मक छ ।” भेट दुईदेशबीचको सम्बन्ध सुधारका लागि उपयोगी भएको अमेरिकी राष्ट्रपतिको भनाई छ ।
कोरियाली प्रायदीपमा देखिदै आएको विवाद तथा उत्तर कोरियाले गरेको आणविक हतियार परीक्षणले लिएको तनावपूर्ण अवस्थामा केही समय पहिले दक्षिण कोरियामा भएको शीत ओलम्पिक खेलमा प्योङयाङले सहभागिता जनाउने एक्कासी निर्णय आएपछि क्रमशः सुधारका सङ्केत देखिएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग