वासिङ्टन, संयुक्त राज्य अमेरिका, २८ चैत – सिरियामा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरूप ‘क्षेप्यास्त्र प्रहार गरिन सक्ने’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वुधबार बताउनुभएको छ ।
ट्रम्पको उक्त चेतावनी सिरियाको रसायनिक हतियार आक्रमणमा रूसको सहयोग रहेको आशंकामा रूसलाई लक्षित गरेर आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
मस्कोसँगको जारी बढ्दो विवादमा उर्जा थप्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा सिरियामा अहिलेसम्मकै कडा सैन्य कारबाही गरिने तयारी रहेको बताउनुभयो ।
ट्रम्पको ट्वीटमा लेखिएको छ, “रूसले सिरियामा गरिने हरेक क्षेप्यास्त्रलाई बीचमै खासालिदिने बताएको छ । रूस तयार होस् । तिनीहरू (क्षेप्यास्त्रहरू) नयाँ, राम्रो तथा तीब्ररूपमा आउने छन् । आफ्नै जनतालाई जनावर मार्ने विषाक्त रसायनको प्रयोगले नास गर्ने सिरियाको सहयोगी रूस हुने छैन ।”
दमास्कसले सिरियामा ‘आतङ्कवादी’लाई सघाएको भनी लामो समयदेखि वासिङटनमाथि आरोप लगाउँदै आएको छ भने अमेरिकाले वसर अल असद सरकारको विरोध गर्ने प्रतिपक्षी समूहमाथि नै आक्रमण गरेको भन्दै प्रजातान्त्रिक विद्रोही समूहलाई अप्रत्यक्ष सहयोग पुरयाउँदै आएको छ ।
यसैबीच सिरियाली प्रशासनले भने अमेरिकाजस्ता मुलुकबाट आउने यस्ता गैरजिम्मेवार अभिव्यक्तिबाट आश्चर्यमा नपर्ने बताएको सिरियाली विदेशमन्त्रालयलाई उद्धृत गर्दै यहाँको राज्य सञ्चालित समाचार संस्था साना न्यूज एजेन्सीले बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प तथा अन्य पश्चिमी नेताहरूले शनिबार गुटाको डुमा क्षेत्रमा ४० जनाको ज्यान जाने गरी र करिब ५०० जना प्रभावित हुनेगरी गरिएको आक्रमणको शीघ्र तथा दवावपूर्ण प्रतिक्रिया दिने प्रतिवद्धता जनाइसकेका छन् ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले मङ्गलबार सिरियाबारे कूटनीतिक समाधान निकाल्न गरेको प्रयास मस्को र वासिङ्टनबीच सिरियामा भएको रासायनिक हतियार प्रयोगबारे अन्तर्राष्ट्रिय अनुसन्धानका लागि आएको फरक फरक मतका कारण असफल भएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी