लन्डन । प्रगतिशील नेपाली समाज बेलायतको तेश्रो राष्टिय सम्मेलनबाट निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक २७ जुलाई आइतबार सम्पन्न भयो । समाजका अध्यक्ष रणबहादुर केसीको अध्यक्षतामा फोकस्टोन केन्टमा बैठक भएको हो ।
बीबीक्यू सहित सम्पन्न बैठकले आगामी तीन महिनाभर संगठन विस्तार, सदस्यता वितरण, इकाइ तथा क्षेत्रीय समिति गठन, पुनर्गठन र केन्द्रिय स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपालमा जनसंविधान निर्माण, पूर्ण शान्ति, विकास, जनजिविका र
राष्टिय स्वाधीनताको रक्षाका लागि दवाव दिने निर्णय समेत बैठकको छ ।
विदेशिएका नेपाली, विशेषगरि बेलायतवासी नेपालीहरुको नेपाली नागरिकता निरन्तरताको बुलन्द आवाजलाई पार्टी स्तरमा पहलकदमी गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ । महासचिव तोयनाथ रिजालको सञ्चालनमा भएको बैठकमा कर्णबहादुर शाही, पूर्ण लक्सम्बा, समाजका केन्द्रिय तथा इकाइ सदस्यहरु लगायतको उपस्थिति थियो ।
बीबीक्यू र खाना व्यवस्थापन गर्ने केन्द्रिय उपाध्यक्ष पदमसुन्दर लिम्बु, केन्द्रिय सचिवालय सदस्य छिरिंग शेर्पा, क्षेत्रीय अध्यक्ष मुक्ति लिम्बु, प्रदीप लिम्बु लगायतलाई अध्यक्ष केसीले धन्यवाद दिएका छन् ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो