धनगढी-रुपन्देही च्यालेन्जर्सलाई तीन रनले हराउँदै टिम चौराह धनगढी ‘रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)’को प्ले अफमा पुगेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा रुपन्देहीले टस जितेर फिल्डिङ रोजेपछि टिम चौराह धनगढीले आठ ओभरमा सात विकेट गुमाउँदै ७६ रन बनायो ।
रुपन्देहीले ७७ रनको लक्ष्य पछ्याउने क्रममा पाँच विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो । गएराति पानी परेपछि मैदान हिलाम्य भएको थियो । खेल २० ओभरबाट घटाएर आठ ओभरमा सीमित गरिएको थियो । धनगढीका लागि सोनु तामाङले विष्फोटक पारी खेले । उनले १४ बल खेल्दै चार छक्का र एक चौकासहित ३४ रन बनाए । रोहन मुस्तफाले १३ बलमा १५ रन बनाए ।
बलिङतर्फ रुपन्देहीका सुशन भारीले तीन, दीपेश श्रेष्ठले दुई तथा सागर पुन र कप्तान शक्ति गौचनले एक-एक विकेट लिए ।
ब्याटिङ गर्ने क्रममा रुपन्देही च्यालेन्जर्सका लागि सागर पुनले सर्वाधिक ३३ रन बनाए । उनले १६ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गरे । दीपक प्रसादले १६ रन बनाए ।
बलिङतर्फ धनगढीका रोहन मुस्तफाले दुई तथा ललितसिंह भण्डारीले एक विकेट लिए । प्लेयर अफ द म्याच धनगढीका सोनु तामाङ भए । उनले रु १० हजार पुरस्कार पाए ।
आइतबार पहिलो खेल विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच तथा अर्को खेल महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्सबीच हुनेछ ।
काठमाडौँ गोल्डेन्स, टिम चौराह धनगढी र महेन्द्रनगर युनाइटेड प्रतियोगिताको प्ले अफमा पुगेका छन् भने आइतबार हुने विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीचको खेलको विजेताले प्ले अफमा स्थान बनाउनेछ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त