जोधपुर, राजस्थान, २२ चैत – भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ ।
तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उहाँका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ ।
करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितका चार कलाकार र स्थानीय दुश्यन्त सिंहले दुर्लब कृष्णसार मारेको आरोपमा मुद्दा चलेको थियो ।
सलमान खानले पाँच वर्ष जेल सजाय र १० हजार जरिवाना तोकिएको अभियोजक महिपाल विस्नोइले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
अभिनेता सलमान खानलाई वन्यजन्तु संरक्षण ऐनको दफा ९ (५१) अनुसार अधिकतम छ वर्षको जेल सजाय हुनेगरी दोषी ठहर गरिएको छ ।
उक्त मुद्दाउपर अन्तिम सुनुवाई गत मार्च महिनामा भएपनि प्रमुख न्यायाधीश देव कुमार खत्रीले निर्णयलाई तत्काल सार्वजनिक नगरी रोकेर खाख्नुभएको थियो ।
सलमानको मुद्दाका विरुद्ध बहस गरेका सरकारी वकीलका अनुसार सवै कलाकार सलमान खानद्वारा चलाएको जिप्सी (गाडी) मा रातीमा यात्रा गरिरहेका समय कृष्णसारको समूह देखेपछि त्यस समूहका दुई मृगलाई मारेका थिए ।
सलमान खान बिहीबार कालो सर्टमा उहाँको सहयोगीसहित अदालत पुग्नुभएको थियो ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा